Ad Area

दशैं विशेष- टीका लगाउने समय कुर्नु नै पर्छ भन्ने छैन


जमरा राख्नका लागि घटस्थापना गर्नको लागि जसरी शुभ समयको अति आवश्यक छ, विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्छ ।

घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो।

साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर भनिएको हो । सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हो ।

यो समय छोप्न सके निकै उत्तम हो । तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट हो ।

त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ । माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् ।

पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक पर्दैन ।

Blog Post Ad

दशैंको रमझमले सबैको मन फुरुङ्ग छ । सानालाई नयाँ नाना, मिठा खाना यो पर्वको महत्व हो । ठूला बडाको आशिर्वाद अनि माया दशैंको अर्को विशेषता हो । दशैैंको सबैमा शुभकामना ।

Blog Post Ad Blog Post Ad