Ad Area

हापुर १२ का २४ परिवारलाई जस्ता पाता


दाङ, २ असार । घोराही उपमहानगरपालिका वडा न १२ का विपन्न समुदायका २४ परिवारलाई जस्ता पाता विरण गरिएको छ ।

विहीवार वडा कार्यालयले सुरक्षित आवासको लागि जस्ता पाता वितरण गरेको वडा अध्यक्ष दोर्ण बहकरीले जनाएका छन् । वडालाई फुसको छानो मुक्त बनाउने अभियान अन्तर्गत सो जस्ता पाता विरण गरेको वडा अध्यक्ष बहकरीले वताए ।

उनका अनुसार यो अभियान आगामी दिनमा समेत वडामा चल्ने छ । वडाभित्र अझैपनि केही घरपरिवार फुसको छानोमा बस्न बाध्य भएकाले आगामी दिनमा ति घरधुरीको पहिचान गरेर जस्ता पाता दिने वडा अध्यक्ष बहकरीले बताए ।

वडा कार्यालयका अुनसार वलबहादुर सार्की, प्रभा सार्की, भुपेन्द्र विक, खिमबहादुर कामी, जानकी कुमारी चौधरी , मोहन केसी लगायतले जस्ता पाता लगिसकेका छन् ।

Blog Post Ad Blog Post Ad