Ad Area

सिचाई गर्ने क्रममा देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु


देउखुरी,३ असार । दाङको देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । राप्ती राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा निवासी ४५ वर्षीय मोहन चौधरीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको हो । धानखेतीमा सिचाई गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

शुक्रबार बिहान घर नजिकै रहेको धानखेतमा सिचाईका लागि घरमा जोडेको बिजुलीको तारमा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल पु¥याए लगत्तै अस्पतालका चिकित्सले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।