Ad Area

म प्रधानमन्त्री हुनासाथ पत्र पठाइएको रहेछ मलाई जानकारी दिइएन : केपी ओली


काठमाडौं,३ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा पक्ष हुनका लागि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले पत्र लेखेको दाबी गरेका छन् ।

जनप्रनिधिहरुसँगको प्रशिक्षण कायर्क्रममा उनले आफूले निर्णय गरेको भनेर हल्ला चलाइरहेको बताए । “२०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि नेकपा एमालेसँग भएको सहमतिअनुसार आफूले सरकार सुम्पनुपर्ने निश्चित थियो नै । त्यो प्रतिवद्धता अघि आइसकेपछि प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो,” उनले भने,“ उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएको भएछ । एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।”

उनले ६ गते मन्त्रीस्तरिय निर्णय गरेर १३ गते सैनिक हेडक्वार्टर पठाइएको पाइएको बताए । उनले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एम्बासडरलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको बताए ।

“हामीलाई कतै पनि बताइएन । २०७२ असोज २४ गते निर्वाचित भएँ । २५ गते मैले शपथ ग्रहण गरेँ । तर, १० गते त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेको रहेछ । मन्त्रीस्तरबाट क्याबिनेटले यो निर्णय गरेको हुँदा अघि बढाइपाउँ भनेर एम्बासडरलाई पत्र लेखेको रहेछ । सामान्यतयाः प्रधानसेनापतिले त्यसरी पत्र लेख्दैनन्,” उनले भने, “रक्षा मन्त्रालयको काम हो त्यो । परराष्ट्र मन्त्रालयको काम होला त्यो । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकि म त्यो पन्ध्र दिनअघि प्रधानमन्त्री भइसेकेको रहेछु । मलाई त्यो कुरा बताइएन । ”

उनले त्यो कुरा गुपचुप नै राखिएको बताए । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको बताए ।

“एम्बेसीलाई प्रधानसेनापतिले पत्र लेखेको रहेछ । त्यो कसैलाई थाहा भएन । त्यो कुरा गुपचुप नै राखियो । प्रचण्डजी नै प्रधानमन्त्री भएको बेला २०७४ साल वैशाख २४ गते राजेन्द्र क्षेत्रीले नै अमेरिकी प्यासिफिक कमाण्डलाई पहिलेको कुरा अघि बढाउनुपर्यो भनेर पत्र लेख्नुभएको छ,” उनले भने ।

Blog Post Ad

त्यसैगरी उनले आफ्नो सरकारको बेला तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इन्डोप्यासिफिकको कुरा उठाएपछि प्रदीप ज्ञवाली पराष्टमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेका बेला छानबिन समिति गठन गरिएको बनाएको बताए ।

समितिले उपयुक्त नहुने बताएपछि सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको बताए । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्ट कहाँबाट आयो भन्ने छलफल हुनुपर्ने बताए ।

 

Blog Post Ad Blog Post Ad