Ad Area

होटेल व्यवसायी समितिको २८ औं स्थापना दिवस


दाङ,३ असार । जिल्लामा होटेल व्यवसायका क्षेत्रमा चुनौतीसँगै प्रसस्तै सम्भावनाहरु रहेको भन्दै व्यवसायको स्तरियकरणसँगै गुणात्मक रुपमा सुधार आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

दाङ देउखुरी होटल व्यवसायी समितिले आफ्नो २८ औं स्थापना दिवसका अवसरमा शुक्रवार घोराहीमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश राजधानी घोषणासँगै जिल्लामा होटेल व्यवसायको सम्भावना बढ्दै गएको बताएका हुन ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष दीपेन्द्र पुनको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टकसिङ बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा अध्यक्ष टंकसिङ बुढाथोकीले होटेल व्यवसायको स्तरिकरण गर्दै प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारण निर्माणमा जोड दिन आवश्यक रहेको बताए कोरोना कहरसँगै अन्य समस्याले व्यवसायीहरु मर्कामा परेपनि व्यवसायीको समस्यामा राज्य गम्भीर नबनेको बताए ।

कार्यक्रममा बोल्ने बक्ताहरु होटेल व्यवसायलाई मर्यादित,स्वच्छ र स्तरीय सेवाका रुपमा बिकास गर्न जोड दिएका थिए । दाङ प्रदेश राजधानी भएसंगै होटेलको स्तरीकारण गर्दै सुबिधा सम्पन्न होटेल व्यवसाय बनाउन आवश्यक छ । साथै सहभागीले होटेल व्यवसायीसमितिले व्यवसायी हकहितसंगै सामाजिक सेवाका कार्यमा समेत योगदान पुर्याउदै आएको बताएका थिए ।

कार्यक्रममा दाङ देउखुरी होटेल व्यसयासीका निवर्तमान अध्यक्ष रुद्रबहादुर डाँगी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाही,घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिङ बुढा, वडा नं. १७ का वडा अध्यक्ष रामलौटन चौधरी, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ चेम्बर अफ कमर्शका सचिव लक्ष्मी अधिकारी, दाङ देउखुरी होटेल व्यवसायी समितिका निवर्तमान अध्यक्ष रुद्रबहादुर डागी,नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दाङका इन्चार्ज दिलिप पौडेल,सन्चारकर्मी छवि पुरी,नेपाल रेडक्रस सोसाइटी घोराही शाखाका सभापति थम्मन चौधरीलगायतले शुभकामना मन्तव्य वक्त गरेका थिए ।

Blog Post Ad

समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्र्यक्रम संयोजक इश्वरकुमार बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव टीकाराम भुसालले गरेका थिए ।

उत्कृष्टलाई सम्मान

लामो समयदेखि सस्थाको नीति नियममा रहेर मार्यादित, अनुसाशित र व्यवस्थीत रुपमा होटेल व्यवसाय सन्चालन गर्ने होटल व्यवसायी वीरबहादुर खत्रीलाई समितिले स्थापना दिवसका अवसरमा सम्मान गरेको हो ।

त्यसैगरी समितिले सस्थाको बिकास लागि महत्वपूर्ण सहयोग गर्ने कानुनी सल्लाहकार हरि बेल्बासे र समाचार लेखनका माध्यमबाट सहयोग गर्ने समितिका प्रेस संयोजक चन्द्रप्रकाश नेपालीलाई नगदसहित सम्मान प्रदान गरेर समितिले कार्यक्रममा सम्मान गरेको हो ।

स्थापना दिवसमा रक्तदान

यसैबीच दाङ देउखुरी होटेल व्यवसायी समितिले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । समितिको कार्यालयमा आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । रक्तदान दाङ देउखुरी होटेल व्यसायी समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको थियो ।

Blog Post Ad Blog Post Ad