Ad Area

स्थानीय पालिकालाई प्रदेश सरकारको ४ अर्ब ८३ करोड


दाङ, ४ असार । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷२०८० मा स्थानीय तहहरुलाई ४ अर्ब ८३ करोड १० लाख बजेट विनियोजन गरेको छ । बित्तीय हस्तान्तरणमार्फत उक्त रकम प्रदान गरिने भएको हो । यसरी प्रदान गरिने रकममध्ये चालुतर्फ २ अर्ब ९७ करोड बजेट रहेको छ भने पुँजीगततर्फ १ अर्ब ८६ करोड १० लाख बजेट रहेको छ । यसरी प्रदान गरिने रकममध्ये समानीकरण अनुदान ८५ करोड रहेको छ । जसमा न्यूनतम अनुदान १९ करोड १ लाख २५ हजार, सुत्रमा आधारित अनुदान ६५ करोड १२ लाख ८८ हजार रहेको छ ।

सशर्त अनुदानतर्फ १ अर्ब १२ करोड ६० लाख रहेको छ । जसमा चालुतर्फ १ अर्ब १२ करोड पुँजीगततर्फ ६० लाख रहेको छ । विशेष अनुदानतर्फ १ अर्ब रहेको छ जुन चालु शीर्षकअन्र्तगत रहेको छ । समपूरक अनुदानतर्फ १ अर्ब ८५ लाख ५० हजार रहेको छ । उपमहानगरपालिका लागि २८ करोड १ लाख ३ हजार बजेट रहेको छ । जसमा चालुतर्फ १६ करोड २ लाख ३३ हजार र पुँजीगततर्फ ११ करोड ९८ लाख ७० हजार बजेट रहेको छ ।

लुम्विनी प्रदेशमा जम्मा चारवटा उपमहानगरपालिका रहेका छन् । नगरपालिकाका लागि १ अर्ब ५६ करोड ३ लाख ३२ हजार बजेट रहेको छ । जसमा चालुतर्फ ९२ करोड ५३ लाख ८६ हजार र पुँजीगततर्फ ६३ करोड ४९ लाख ४६ हजार रहेको छ । गाउँपालिकाको लागि २ अर्ब ६४ करोड ९५ लाख २५ हजार बजेट रहेको छ । जसमा चालुतर्फ १ अर्ब ५७ करोड ८३ लाख ८१ हजार र पुँजीगत तर्फ १ अर्ब ७ करोड ११ लाख ४४ हजार बजेट रहेको छ । स्थानीय तह विविधतर्फ ३४ करोड १० लाख ४० हजार रहेको छ । जसमा चालुतर्फ ३० करोड ६० लाख र पुँजीगततर्फ ३ करोड ५० लाख ४० हजार बजेट रहेको छ ।

प्रदेश सरकारबाट दाङको लागि ४५ करोड ३२ लाख ३४ हजार बजेट विनियोजन गरेको छ । जसमा चालुतर्फ २६ करोड २२ लाख ३६ हजार र पुँजीगततर्फ १९ करोड ९ लाख ९८ हजार बजेट रहेको छ । समानीकरण अनुदानतर्फ ८ करोड ६७ लाख ३६ हजार, सशर्त अनुदानतर्फ ११ करोड ६५ लाख, विशेष अनुदानतर्फ ६ करोड ५० लाख, समपूरक अनुदानतर्फ १८ करोड ४९ लाख ९८ हजार बजेट रहेको छ । घोराही उपमहानगरपालिकामा ७ करोड ७ लाख २५ हजार बजेट रहेको छ । जसमा चालुतर्फ ४ करोड ७ लाख २५ हजार र पुँुजीगततर्फ ३ करोड रहेको छ ।

समानीकरण अनुदानतर्फ १ करोड ६७ लाख २५ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख, समपूरक अनुदान ३ करोड बजेट रहेको छ । तुलसीपुर उपमहानगरपालिको लागि ६ करोड ९६ लाख बजेट रहेको छ । जसमा चालुतर्फ ३ करोड ९६ लाख र पुँजीगततर्फ ३ करोड बजेट रहेको छ । समानीकरण अनुदानतर्फ १ करोड ५६ लाख, सशर्त अनुदानतर्फ १ करोड ६० लाख, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानतर्फ ३ करोड बजेट रहेको छ ।

लमही नगरपालिकामा ४ करोड ८९ लाख २१ हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड ८९ लाख २३ हजार र पुँजीगततर्फ १ करोड ९९ लाख ९८ हजार बजेट रहेको छ । गढवा गाउँपालिकाको लागि ३ करोड ९७ लाख २८ हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड ४७ लाख २८ हजार र पुँजीगततर्फ १ करोड ५० लाख बजेट रहेको छ ।

Blog Post Ad

दंगीशरण गाउँपालिकाको लागि ४ करोड २१ लाख २४ हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड ११ लाख २४ हजार र पुँजीगततर्फ २ करोड १० लाख बजेट रहेको छ । बंगलाचुली गाउँपालिकाको लागि ३ करोड ४७ लाख ३३ हजार बजेट रहेको छ । जसमा चालुतर्फ १ करोड ९७ लाख ३३ हजार र पुँजीगततर्फ १ करोड ५० लाख बजेट रहेको छ । बबई गाउँपालिकाको लागि ३ करोड ५२ लाख ५१ हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड २ लाख ५१ हजार र पुुँजीगततर्फ १ करोड ५० लाख बजेट रहेको छ ।

राजपुर गाउँपालिकाको लागि ३ करोड ४८ लाख ७५ हजार बजेट रहेको छ । जसमा चालुतर्फ १ करोड ९८ लाख ७५ हजार र पुँजीगततर्फ १ करोड ५० लाख बजेट रहेको छ । राप्ती गाउँपालिकाको लागि ४ करोड २२ लाख ७ हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड ७२ लाख ७ हजार र पुँजीगततर्फ १ करोड ५० लाख बजेट रहेको छ । शान्तिनगर गाउँपालिकामा ३ करोड ५० लाख ७० हजार बजेट रहेको छ । जसमा चालुतर्फ २ करोड ७० हजार र पुँजीगततर्फ १ करोड ५० लाख रहेको छ ।

 

Blog Post Ad Blog Post Ad