Ad Area

‘जेसीज सप्ताह उपलव्धीमुलक’


दाङ,११ असार । दाङ महिला जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२२’ उपलव्धीमुलक भएको सहभागीहरुले बताएका छन् । जेसीज सप्ताह अन्तर्गत शनिवार समापनका अवसरमा धार्मिक एवं पर्यटकियस्थल अम्विकेश्वरी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले सप्ताहव्यापी कार्यक्रमले सचेतनादेखि महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण योगदान दिएको बताएका थिए ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीमगरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजमा परिवर्तनका लागि सकारात्मक सन्देश दिने बताएका थिए।

कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सस्थापक अध्यक्ष बिमला योगीनेपाली कांग्रेस घोराही नगरसभापति तिलक रावत, नारायणपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष रेखा केसी, नयाँ पाइला पुनःस्थापन केन्द्रका अध्यक्ष सुरेश भुसाल, नर्सिंङ संघ दाङका लक्ष्मी ढकाल, सामुदायिक वन महासंघ दाङका सचिव जानका केसी, दाङ उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष मिना भण्डारी वलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल संयोजक बसन्ती सुवेदीले जानकारी गराएकी थिइन । जेसीज आस्थापाठ रोजिना गिरीले गराएको कार्यक्रममा मिसनभिजनका बारेमा मेनका भण्डारीले जानकारी गराएकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेसीजले विभिन्न कार्यक्रमहरु गरेको थियो ।