Ad Area

होम–डेलिभरी सेवा बन्द गर्ने अवस्था आयो : व्यवसायी


दाङ, १२ असार । व्यवसायीले होम–डेलिभरीको सेवा दिन नसक्ने अवस्थामा पुगेको गुनासो गरेका छन् । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिको प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा बढ्दै गएको मूल्य वृद्धि तथा विभिन्न समस्याको कारण होम–डेलिभरीको सुविधा दिन नसकिने बताएका थिए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उर्जा जल स्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले व्यवसायीले विभिन्न समस्या भोगे पनि नागरिकलाई सेवा दिने काम गरिरहेको बताए । दूरदराजमा रहेका नागरिकलाई आवश्यक पर्ने वस्तु आप्mनै ठाउँमा पु¥याइदिएर धेरै सहयोग गरेको उनको भनाइ थियो ।

‘तपाईँहरूले विभिन्न कठिनाइ भोगे पनि सह्रानीय काम भएको छ’, उनले भने । उनले नाफाभन्दा पनि सेवामूलक सोचले यस प्रकारको कार्य गरेको भन्दै धन्यावाद समेत दिए । व्यावसायीको हक र हितमा मात्र नभइ सामाजिक कार्यमा निरन्तर कार्य गर्न उनले आग्रह गरे । उनले व्यवसायीको समस्या समाधानका लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको समेत बताए । ‘मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु’, राज्यमन्त्री श्रेष्ठले भने, ‘समयस्याका बारेमा जानकारी दिएर सहयोग गर्ने काम तपाईँहरूको हो ।’

घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले राज्यले दिनुपर्ने सेवा निजी क्षेत्रले दिन सफल भएको बताए । यसले नागरिकलाई सहज भएको बताए । ‘राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिले त्रिपक्षीय रूपमा काम गर्न सफल भएको छ’, उनले भने, ‘सेवा दिँदा पर्ने अप्ठेरोको समस्या समाधान गर्नका लागि आफूहरूले भूमिका खेल्ने छौँ ।’ कानुनी जटिलताको कारण आप्mनो क्षेत्रभन्दा बाहिर गएर काम गर्न नसक्ने अवस्थाको कारण केही समस्या भएको उनको भनाइ थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले व्यावसायिक हितका लागि आप्mनो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । डेलिभरी सेवा दिँदा अनावश्यक रूपमा दुःख दिने काम गर्न नहुने उनको भनाइ थियो । प्रालिका सल्लाहकार नारायणप्रसाद भुसालले डेलिभरी सेवा दिँदा विभिन्न कारणले समस्या भोग्नु परेको भन्दै यसले व्यवसायी मारमा परेको बताए ।

राज्यले सहज रूपमा व्यावसाय गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ थियो । अहिले व्यवसायी पलायन हुने अवस्था बढ्दै गएको बताए । ‘व्यवसायी राज्यको नीतिअनुसार सञ्चालन हुन तयार छन् तर वातावरण राज्यले निर्माण गर्नु पर्छ’, उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बजार क्षेत्रमा सार्वजनिक पार्किङको समस्या रहेको बताए ।

Blog Post Ad

कार्यक्रमममा नेपाल प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष तथा सम्मानित व्यक्ति नारायण खड्का, प्रालिका कानुनी सल्लाहकार घनश्याम थापा, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, राप्ती अञ्चल लिकर्स एसोसिएशनका अध्यक्ष दामोदर बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव भरतराज श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंकसिंह बुढाथोकीले प्रस्तुत गरेका थिए । कार्यक्रम प्रालिका अध्यक्ष ध्रुवराज श्रेष्ठ भारीको अध्यक्षतामा भएको थियो । प्रालिका प्रबन्धक सञ्चालक खड्ग बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डा लोकराज पराजुलीले गरेका थिए ।

त्यस अवसरमा प्रालिको भवन निर्माणमा सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिलाइ सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चार क्षेत्रबाट सहयोग पु¥याएको भन्दै पत्रकार नारायण खड्का, प्रिया स्मृति गजमेर र निशानदाजु भट्टराईलाई सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।

प्रालिको भवन उद्घाटन

घोराही उपमहानगरपालिका वडा नं १४ झिँगौरामा निर्माण गरिएको राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिको भवन उद्घाटन गरिएको छ । शनिवार लुम्बिनी प्रदेशका उर्जा जल स्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् ।

Blog Post Ad Blog Post Ad