Ad Area

गजलकार वसन्त ओली ‘वसन्ती’ नुवाकोटमा सम्मानित


दाङ,१२ असार । गोधूलि साहित्य प्रतिष्ठान वर्ष कृति पुरस्कार पाएको महिना दिन नहुँदै साहित्य संगम नुवाकोटद्वारा हरेक वर्ष प्रदान गरिने ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट चर्चित युवा गजलकार तथा गजल संग्रह ‘बोई’का लेखक बसन्त ओली ‘वसन्ती’ सम्मानित भएका छ्न् ।

असार ११ गते शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नगदसहित उक्त पुरस्कार संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष साहित्यकार सुमित्रा सुमीसँगै प्रमुख अतिथि रामचन्द्र भट्टले उक्त पुरस्कार वसन्तलाई प्रदान गरेका हुन् ।

विशेष रचना वाचन भनी बोलाएर उक्त सम्मान दिन लागेको भनी कार्यक्रमको अन्त्यमा मात्र थाहा हुँदा गजलकार वसन्ती अचम्मित परेका थिए । कार्यक्रममा उनले आधा दर्जन गजलहरू सुनाएका थिए ।

वसन्तसँगै मकवानपुरका युवाकवि मसान उपासकले पनि आफ्ना आधा दर्जन भन्दा बढी कविता सुनाएका थिए । आफ्नै आगनमा पहिलो पटक गजल वाचन गरेका नुवाकोटे गजलकार ईश्वर पौडेलले पनि आफ्ना सुन्दर गजलमार्फत माया बटुल्न सफल भए । मसान र ईश्वरपनि वसन्तीसँगै सम्मानित भएका थिए । करिब ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा उपस्थित दर्शक साहित्यकारहरूले पनि आ(आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण साहित्यकार शम्भुप्रसाद गजुरेलले गरेका हुन् ।

Blog Post Ad Blog Post Ad