Ad Area

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौडामा हुने


काठमाडौं,१२ असार । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौडामा हुने भएको छ ।

आइतबार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको संयोजनमा बसेको युनियनका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र सचिवालय सदस्यको बैठकले साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौं महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले असार २० गतेभित्र मतदाता नामावली टुंगो लगाउने निर्णय गरेको छ । अन्तिम मतदाता नामावलीको सूची असार २० सम्म निर्वाचन समितिलाई बुझाइसक्नुपर्नेछ ।

२०७१ साल भदौमा आठौं महाधिवेशन गरेको युनियनले झण्डै नौ वर्षपछि नवौं महाधिवेशन गर्न लागेको हो । यसअघि जेठ १२ र १३ गते गर्ने भनिएको महाधिवेशन पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।

युनियनको सचिवालय बैठकले भदौ २१ र २२ गते हेटौडामा महाधिवेशनको मिति तोकेपछि असन्तुष्ट समूहले भेला आयोजना गरेर अर्को मिति तोकेपछि विवाद उत्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad