Ad Area

गुरुकुल एकेडेमीका विद्यार्थी : व्यापारबाट कमाएको नाफा मनाव सेवामा


घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मनस्थीति विग्रिएका व्यक्तिलागि खाद्यान्न सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका–३ मोहननगरस्थीत प्रेरणाका लागि अभियान नेपालमा बस्दै आएका मनस्थीति विग्रिएका व्यक्तिहरुका लागि करिव दश हजार बढी मुल्यको खाद्यान्न सहयोग गरेका हुन । कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीले ३९ हजार रुपैया लगानी गरेर  एक दिन बजारमा खाद्यवस्तु बेच्दा नाफा हुन आएको करिव ७ हजार ९ सय ३० र लियो क्लव अफ गुरुकुलले सहयोग गरेको २ हजार ३ सय ६० गरेर जम्मा दश हजार २ सय ९० रुपैँया बराबरको खाद्यान्न प्रेरणाका लागि अभियान नेपाललाई सहयोग गरेका हुन । सोमवार एक कार्यक्रमको आयोजना गरि चामल, दाल, तेललगायतका सामग्री प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्साललाई शिक्षक तथा विद्यार्थीले हस्तान्तरण गरेका थिए ।

विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यले रचनात्मक कार्य गरिएको गुरुकुल एकेडेमीका प्लसटु संयोजक निमानन्द गैरेले बताए । विद्यालयमा अध्ययनसँगै व्यवसायीक पक्षको ज्ञानले विद्यार्थीलाई व्यवसायसँगै श्रमको महत्व बारेमा ज्ञान दिएको संयोजक गैरेको भनाई छ ।

संयोजक गैरेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसंगै जीवनउपयोगी शिक्षा दिनका लागि आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकालाई सानैदेखि व्यवहारिक ज्ञान दिन सके समाजमा कसैलेपनि दुःख नपाउने बताएका थिए । उनीहरुले बालबालिकालाई सानैदेखि सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिन सके उनीहरु समाजमा स्थापित हुन समेत सफल हुने बताएका थिए । साथै सामाजिक सेवाका कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिन आग्रह गरेका थिए ।

खाद्यान्न सहयोग कार्यक्रममा प्रेरणाका लागि अभियान नेपाल दाङका अध्यक्ष श्रीधर लम्साल, विद्यालयका सहायक प्राचार्य मुकुन्द गिरी, व्यवस्थापन संकाय संयोजक शिक्षक कृष्णदेव थापा, विद्यार्थी अनुपश्री लामिछानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी निश्चल न्यौपानेले गरेका थिए । प्रेरणाका लागि अभियान नेपालमा अहिले महिला पुरुष गरेर १५ जना मनस्थीति विग्रिएका व्यक्तिहरु बस्दै आएका छन् । कार्यक्रममा शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad