Ad Area

निर्धन उत्थान लघुबित्तले ग्राहक सदस्यलाई १ करोड बढी अनुदान


दाङ,१४ असार । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेडले आफ्ना ३ हजार ग्राहक सदस्यलाई १ करोड ८० लाख राहात अनुदान प्रदान गरेको छ ।

कोरोनाले व्यावसायिक प्रभावित भएका, बिपद, गम्भीर प्रकृतिका रोग लागेकालगायतका अन्य आपत्तमा परि कर्जा किस्ता तिर्न अप्ठ्यारोमा परेका सदस्यहरुलाइ जनही ६ हजार का दरले अनुदान दिएको हो ।

सस्थाले रकम सदस्यको व्यक्तिगत बचतमा जम्मा गरिदिएको जनाएको छ । सस्थाले अघिल्लो बर्ष पनि ग्राहक सदस्यलाई अनुदान दिएको थियो । देशकै अग्रणी सस्थाको छवी बनाएको निर्धन उत्थान लघुबित्तले हाल देशका ७७ वटै जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

सस्थाले बित्तिय तथा गैरबित्तिय कार्यक्रममार्फत आफ्ना कार्यक्रम अगाडि बढाउँदै आएको छ । हाल बचतमा उच्चतम ब्याज १२% सम्म दिएको छ भने कर्जामा १०% देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेको छ ।

Blog Post Ad Blog Post Ad