Ad Area

सहकारीका सदस्यलाई लैङिक हिंसा सम्बन्धी तालिम


दाङ, १४ असार । सहकारीका सदस्यहरुलाई लैङिक हिंसा सम्वन्धी सचेतना मुलक तालिम दिन सुरु गरिएको छ । घोराही उप महानगरपालिका वडा नं १८ फुर्सेखालीमा रहेको एक्ता महिला विकास वहुउदेश्य संहकारी लिमिटेडलेसहकारीका सदस्यहरुलाई तालिम दिन थालेको हो ।

तालिमको एक कार्यक्रमको आयोजना गरि मंगलावर उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले हिसां न्युनिकरणका लागि आफै वाट सुरु गर्नु पर्ने बताएका थिए । उनीहरुले सचेतना वढाउन सकेमा समाजमा हिंहा न्युनिकरण गर्न सकिने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका महिला, वालवालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा, पत्रकार अमरराज आचार्य, संस्थाका निवर्तमान सचिव पार्वती अधिकारी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव निर्मला शर्मा पाण्डेले गरेकी थिइन् । २ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा मोतीकुमारी विश्वकर्मा रहेकी छिन् ।

Blog Post Ad Blog Post Ad