Ad Area

घोराही अटोटाउन व्यवस्थापन समितिको अध्यक्षमा बन्जारा निर्वाचित


दाङ,१४ असार । घोराही अटो टाउन व्यवस्थापन समितिको अध्यक्षमा रत्नराम बन्जारा निर्वाचित भएका छन् । अटो व्यवसायीद्वारा सञ्चालित शुभम लद्युउद्यम सहकारी सस्थाका अध्यक्ष समेत रहेका बन्जारा समितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन ।

मंगलवार भएको निर्वाचनमा अध्यक्षका प्रतिष्पर्धी विक्रम रानालाई २ मतले हराउँदै बन्जारा अध्यक्षमा बिजयी भएका हुन । अध्यक्षमा निर्वाचित बन्जाराले ७३ मत प्राप्त गरेका छन् भने पराजित रानाले ७१ मतमात्रै प्रात गरेका थिए ।

उपाध्यक्षमा केशव बुढाथोकी बिजयी भएका छन् । बुढाथोकीले ७४ मत ल्याएर बिजयी भएका हुन । पराजित मो.इस्तेखाइ खानले ७० मत प्राप्त गरे । त्यसैगरी सचिवमा ८३ मत ल्याएर नारायण उपाध्याय बिजयी भएका छन् भने नरबहादुर चौधरी ५६ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा ७२ मत ल्याएर मिलन शर्मा बिजयी हुँदा बलिराम केसी ४ मतले पराजित भएका छन् ।

पराजित केसीले ६८ मतमात्रै प्राप्त गरे । त्यसैगरी सदस्यमा ओमप्रकाश नेपाली ८२, टेकनारायण अधिकारी ८२ र बिरेन्द्र विक ७६ मत ल्याएर बिजयी भएका छन् भने अव्दुल हमित ५३,मो. असगर ५५ र अव्दुल फैयुम पराजित भएका छन् ।

Blog Post Ad Blog Post Ad