Ad Area

नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा रानामगर


लक्ष्मण बस्नेत
दाङ,१४ असार । नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा हरिषचन्द्र रानामगर चयन भएका छन् । संघको सोमबार सम्पन्न अधिवेशनले हरिषचन्द्र राना मगर अध्यक्ष रहेको संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष द्वयमा पोमराज घर्तिमगर, हुमबहादुर परियार,सचिब राजनिशकुमार सिंह, कोषाध्यक्ष निशाना रोकामगर,सहसचिव अजय दुलाल रहेका छन् । संघको सदस्यहरुमा एमसन चौधरी,नमबहादुर नेपाली, नकुल नेपाली, किरणा खड्का, सुन्दर रोका, सृजना गौतम, तारा रोकामगर अन्जली राहु मगर र प्रदिपकुमार चौधरी रहेका छन् ।

अधिवेशन उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका बरिस्ठ प्रशिक्षक नवराज रोकाको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीको बिशिस्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमका तुलसीपुर खानेपानीका निवर्तमान अध्यक्ष तथा समाजसेवी खेमराज वली, दाङ जिल्ला कराते संघका अध्यक्ष पदमबहादुर बस्नेत, नेपाल गोजुरियो कराते संघका बरिष्ठ प्रशिक्षक बिरेन्द्र बिक,खेल पत्रकार लक्ष्मण बस्नेतलगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । तारा रोकामगरको स्वागत रहेको कार्यक्रमको संचालन हरिषचन्द्र रानाले गरेका थिए ।

यसैबिच संघको आज सोमबार नै बसेको पहिलो बैठले संघको सल्लाहकार चयन र प्रमुख प्रशिक्षक न्युक्त गरेको छ । संघका अध्यक्ष हरिषचन्द्र रानामगरको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा खेमराज वली,बिरेन्द्र बिक,नवराज रोका, लक्ष्मण बस्नेत,बिबेक बिक र संघको प्राविधिक प्रमुखमा घनश्याम गिरीलाई चयन गर्ने निर्णय गरेको सचिव राजनिशकुमार सिंहले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad