Ad Area

घोराही खानेपानीको नेतृत्वको लागि ४ जनाको उम्मेद्वारी


दाङ, १९ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि असार २५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचनका लागि शनिवार उम्मेद्वारी दर्ता गरिएको छ ।

नेतृत्वको लागि चार जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष देबीबहादुर डिसी, वर्तमान सचिव सुमन शर्मा, नारायणप्रसाद भुसाल र रामबहादुर जीएमले उम्मेद्वारी दर्ता गराएका छन् । डिसीलाई नेपाली कांग्रेस र नेकपा माओवादीको साथ र समर्थन छ । भुसाललाई नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राजमो र राप्रपाको साथ छ ।

अध्यक्षको टिकट नपाएपछि शर्माले एकल उम्मेदवारी दर्ता गरेका छन् । उनी कांग्रेस निकट हुन् । अध्यक्षको लविङमा उनी अन्तिमसम्म लागेका थिए । तर कांग्रेसले डिसीलाई नै टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरेर जीएम जनमोर्चाबाट विभाजित बनेको पार्टी निकट हुन् । वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे र नरबहादुर वुढाथोकीको उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्षमा हेमन्ती पुन मगर र लक्ष्मीदेवी सिंह ठकुरीेको उम्मेदवारी परेको छ । सचिवमा धर्मेन्द्र श्रेष्ठ र दीपककुमार श्रेष्ठको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष धुव्र केसी र सानुनारायण अधिकारीको उम्मेदवारी परेको छ ।

खुल्ला ३ जना सदस्यका लागि किशोरकुमार आचार्य, दिनेश वली, नारायणप्रसाद लामिछाने, महेशकुमार न्यौपाने, युवराज आचार्य, सुनिलकुमार बानिया, हरि पौडेलको, हरिप्रसाद खरेलको उम्मेदवारी परेको छ । ३ महिला सदस्यका लागि खुमा खड्का, ज्योति रोका मगर, देवकला पाण्डे, बसन्ताकुमारी भट्टराइ, विन्दु पाण्डे, यशोदादेवी पाण्डे र लक्ष्मी अधिकारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत दीपककुमार रेग्मीले बताए ।

नयाँ नेतृत्वका लागि प्यानल बनाएर चुनावमा होमिएका छन् । घोराही खानेपानी संस्थानमा ६ हजार ९ सय बढी मतदाता छन् ।

Blog Post Ad

संयुक्तको चुनाव परिचालन समिति गठन

यसैबीच संयुक्त प्यानलको चुनाव परिचालन कमिटी गठन गरिएको छ । नेकपा एमाले घोराही इन्चार्ज गेहेन्द्र बस्नेतको संयोजकत्वमा चुनाव परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सदस्यहरुमा भुवन चौधरी, इन्द्र बुढाथोकी, त्रिभुवन थापा, हरि खरेल र दुर्पता महरालगायतका छन् । संयुक्त प्यानलनको नेतृत्व गरेर नारायण भुसालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

Blog Post Ad Blog Post Ad