Ad Area

आर्कषक बन्दै झिगौरा पार्क


घोराही, १९ असार । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित मनकामना सामुदायिक वनको रंग फेरिएको छ । जंगललाई आर्कषक पार्क बनाइएको छ । २०७७ साल फागुन महिनावाट घोराही १४ वडा कार्यालयले शहरी पार्क निर्माणको काम सुरु गरेको हो ।
यो काम अहिले गुरु योजना बनाएर अगाडी बढाइएको छ । गएको वर्ष पार्कमा स्थानिय शहिदहरुको शालिक निर्माण गरिएको छ । १० बर्षे जनयुद्धका समयमा शाहदत प्राप्त गरेका लौटन चौधरी, ओमभक्त चौधरी र पृथ्वी चौधरीको अर्धकधको शालिक निर्माण गरेको घोराही वडा नं. १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले बताए ।

२०७८ साल चैत २४ गते शालिकको अनावरण गरिएको थियो । शालिक अहिले पार्कको आर्कषणको विषय बनेको छ ।

जंगलको विचमा अहिले हिड्नका लागि फुटपाथ तयार भएका छन् । फुटपाथका टायल बिच्छाइएका छन्, वरिपरि थरी थरीका फुल रोपिएका छन् । अवलोकन कर्तालाई आरामका लागि गोल घर निर्माण गरिएको छ । यही रमणिय पार्कले स्थानिय तथा घोराही बाहिरका अवलोकन कर्ताको ध्यान तानेको छ ।

 

अहिले पार्कमा फोटो खिच्ने टिकटक बनाउने, शहिदको अवलोकन गर्नेहरुको भिड हुन्छ । हाल सम्म करिव ४४ लाख रुपैँया खर्च भएको छ ।

Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नं. १४ को १८ लाख, घोराही उपमहानगरपालिकाको ६ लाख र लुम्विनी प्रदेश सरकारको २० लाख रुपैँया खर्च भएको घोराही १४ का निर्वमान अध्यक्ष शक्तिराम डाँगीले बताए ।

यसलाई जिल्लाकै उत्कृष्ट पार्कको रुपमा विकास गर्नका लागि गुरु योजना तयार गरिएको छ । वडा अध्यक्ष भानसिंह बुढाले चिल्ड्रेन पार्क, प्रतिक्षालय, सौचालय, थारू संग्रालय, थारु होमस्टे, पानीका लागि बोरिङ, घेरवार बन्नेछन् । सामान्य पार्क बनेपछि यसलाई जिल्लाकै आकर्षणको स्थल बनाउने उदेश्यले गुरु योजना बनाएको बताए । हरित पार्कलाई गुरुयोजना अनुसार निर्माण गरेर जिल्लाभित्रकासँगै बाहिरका मानिसहरुलाई समेत अवलोकनका लागि भित्राउने गरि निर्माणको कामलाई अघि बढाउने वडा अध्यक्ष बुढाले बताए ।

उनले जंगलमा रहेको रमणिय पार्कलाई गुरुयोजना अन्तर्गत विकास गर्नका लागि काम भैरहेको बताए । ‘पार्कलाई वुटवलको फुलवारी जस्तै बनाउने योजना छ । यो काममा हामी भए घोराही–१४ लाई नमुना बनाउन सकिन्छ’,वडा अध्इक्ष बुढाले भने,‘त्यसका लागि सवै सरोकारवालासँग छलफल गरेर गुरुयोजना अनुसार निर्माणको कामलाई छिट्टै अघि बढाउने छौ ।’ पार्कको विकासका लागि वडासँगै घोराही उपमहानगरपालिका र प्रदेश सरकारसंग समेत पहल गर्ने छौ ।

 

 

 

Blog Post Ad Blog Post Ad