Ad Area

विद्यार्थीलाई ‘सडक सुरक्षा’ सम्वन्धी सचेतना


दाङ,१९ असार । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न संघसस्थाको समन्वयमा सवारीसाधनका चालक, विद्यार्थीदेखि नागरिकहरुलाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि सडक सुरक्षा तथा ट्राफिक नियमको बारेमा प्रशिक्षण कार्यक्रम गर्दै आएको हो ।

यसैक्रममा आइतवार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीमा रहेको मार्क ईन्टरनेशनल कलेजको सहकार्यमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरुको बारेमा प्रशिक्षण दिइएको छ ।

मार्क ईन्टरनेसनल कलेजमा विविएसमा अध्ययनरत ३५० बढी विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका हुन ।

उनले प्रशिक्षणका क्रममा विद्यार्थीहरुलाई सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।

Blog Post Ad

लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी समेत रहेका बरिष्ठ प्रहरी नायव निरिक्षक उत्तम जिसीले गरेका थिए । विद्यार्थीहरुले ट्राफिक सचेतना फैलाउने उद्देश्यले बजारमा ¥याली समेत गरेका थिए ।

Blog Post Ad Blog Post Ad