Ad Area

असार २६ गते सार्वजनिक विदा


दाङ,२२ असार । सरकारले असार २६ गते आइतवार देशभर सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले आज बुधवार एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

Blog Post Ad Blog Post Ad