Ad Area

गजल


सबैभन्दा महत्त्वपूर्ण बिषय खै कसरी भनौं !
आफ्नाहरु पनि पराई भए खै कसरी भनौं !

तिम्रो कामवासनामा लठ्ठिएको छ पाठशाला
जाउ–जाउ छोरी विद्यालय खै कसरी भनौं !

मान्छेद्वारा मान्छेको जिन्दगीमा मान्छेहरुलाई
सोध्नु हुन्छ, मान्छेको परिचय खै कसरी भनौं !

तिमीलाई भन्छु भन्दा भन्दैपनि नभनिएका
भन्नै पर्ने कुरा छन् कतिपय खै कसरी भनौं !

बाचेरै हो, प्रत्येक वचनहरुसँग मुकाबला गर्ने
बुझ्नु भयो होला, मेरो आशय खै कसरी भनौं!

एकदिन मधुशाला नगए के–के बिर्से झैँ हुन्छ।
बडो धरापमा परियो महोदय खै कसरी भनौं!

मलाई मेरो प्रश्न यो छ कि, खै कसरी भनौं ?
जवाफ छ फेरि, रहस्यमय खै कसरी भनौं !

भरत रोकाय, ‘एक्सन’
सल्यान