Ad Area

घोराही खानेपानीको मतगणना जारी, डिसी नेतृत्वको प्यानलको अग्रता कायमै


घोराही,२६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचनको मत गणना जारी छ । हालसम्म आगामी कार्यकालका लागि वर्तमान अध्यक्ष देबीबहादुर डिसीको समूहले अग्रता कायम राखेको छ ।

निर्वाचन अधिकृत दीपककुमार रेग्मीका अनुसार अध्यक्ष पदका लागि डिसीले १०८४ मत प्राप्तगरि अग्रता कायम राखेका छन भने उनका प्रतिष्पर्धी नारायणप्रसाद भुसालले ५१३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डले ८६८ नरबहादुर बुढाथोकीले ६२४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा हेमन्ती पुन मगरले ७९० र लक्ष्मीदेवी सिंह ठकुरीले ६५१ मत प्राप्त गरेका छन् ।

सचिव पदका लागि धर्मेन्द्र श्रेष्ठले ८३५ मत प्राप्त गरेका छन् भने दिपककुमार श्रेष्ठले ६२३ मत ल्याएका छन् । त्यसैगरी कोषाध्यक्ष पदका लागि धुव्र केसीले ९ सय र सानुनारायण अधिकारीले ४ सय ७४ मत प्राप्त गरेका छन् । संस्थामा ७ हजार १ सय २३ जना मतदाता रहेकोमा ३ हजार ५ सय ६१ मत खसेको थियो । दाङकै पुरानो तथा धेरै उपभोक्ता भएको संस्थाको नयाँ नेतृत्वका लागि दुई प्यानलबिच प्रतिष्पर्धा भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिको गठबन्धन प्यानलबाट डिसी प्रतिष्पर्धामा रहुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै नेकपा एमाले , राप्रपा र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलबाट भुषाल अध्यक्ष पदका लागि चुनावी मैदानमा रहनुभएको छ । संस्थाले घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७ र १८ खानेपानी वितरण गरिरहेको छ ।।