Ad Area

दाङमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु


दाङ, २७ असार । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० जलौराचोकमा कारको ठक्करबाट घोराही-१० सौर्यकुलाका निवासी करिब २४ वर्षीया देवराज चौधरी मृत्यु भएको हो ।

चौधरीलाई आइतबार राती पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरैको बा ०१ व्याज २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

कारको ठक्करबाट गम्भिर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । मृतक चौधरीको शबलाई राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानको शबगृहमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad