Ad Area

घोराहीका कृषकलाई फलफूल र घाँसका विरुवा वितरण


घोराही, २८ असार । घोराही उपमहानगरपालिकाका किसानहरूलाई फलफूलका बिरुवा वितरण गरिएको छ । कृषि शाखाले उपमहानगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्धेश्यले आर्थिक बर्ष २०७८-०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको बताइएको छ ।

किसानको निवेदन संकलन गरी मागको आवश्यकताका आधारमा ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिनुभयो । किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरिएको उहाँँको भनाई छ । घोराही उपमहानगरपालिकाका १९ वटै वडाका किसानलाई फलफूलका विरुवा वितरण गरिएको हो । आँप, लिचि र सुन कागती गरी पाँच हजार विरुवा वितरण गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

यस्तै, घोराही उपमहानगरपालिका पशु शखाले पनि पशुपालक किसानलाई निशुल्क घाँसको विरुवा वितरण गरेको छ । पशुपालक किसानलाई सहुलियतका लागि घाँस वितरण गरिएको पशु कार्यालय प्रमुख खिमबहादुर बस्नेतले जानकारी दिनुभयो । पालिकाका १९ वटै वडाका किसानलाई डाले घाँस अन्र्तगत कोइरालो, मेन्डोला र बहुवर्षे भुईँ घाँस अन्र्तगत मुलायो, पासपालम, सुम्वारेसिया जातका आठ हजार घाँसका विरुवा वितरण गरिएको बस्नेतले बताउनुभयो ।

घोराही उपमहानगरकालिकाका प्रमुख नरुलाल चौधरीले किसानलाई घाँसका विरुवा बितरण गर्नु भएको हो । सो अवसरमा उहाँले पशुपालक किसानलाई समयको सदुपयोग हुने र घर छेउमा घाँस रोपेर पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याईएको बताउनुभयो । घर छेउमा रोपिएको घाँसले बाख्रा र गाई भैसी पालक किसानलाई उत्पादनमा वृद्धि हुने आशा गरिएको उहाँँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad