Ad Area

दाङमा साइकल राइडरहरुका लागि ‘कोरा’ इभेन्ट हुने


दाङ,२८ असार । दाङमा साइकल राइडरहरुका लागि कोरा–२०२२ हुने भएको छ । दाङ साइकल सिटीको आयोजनामा घोराहीमा साइकल यात्रा गरेर विभिन्न धार्मिक स्थलहरुको परिक्रमण गर्दै कोरा इभेन्ट मनाइने भएको हो ।

आयोजक साइकल सिटीका अनुसार असार ३२ गते शनिबार अम्बिकेश्वरी मन्दिरबाट सुरु भएर विभिन्न धर्मिक स्थाल हुँदै घोराहीको चौघेरा मन्दिरमा आएर साइकल यात्रा टुंगिनेछ ।

कोराको अर्थ परिक्रमा हो । सो इभेन्टमा साइकल यात्राबाट विभिन्न धार्मिक स्थलहरुको घडीको सुइको दिशामा परिक्रमा गरेर पूरा गरिन्छ । जसको लागि ८० किलोमिटरको रुट तयार गरिएको छ । इभेन्टमा ७५ जना साइकलयात्रीहरु सहभागी हुने दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठले बताए ।

त्यस्तै साइकलयात्रीहरुले आर्थिक कोष जम्मा गरि विभिन्न सामाजिक कार्यहरुमा खर्चिने आयोजक साइकल सिटिले जनाएको छ । दाङमा साइकल राइडरहरुले तीन वर्षयता धार्मिक स्थलहरुको परिक्रमण गर्दै कोरा इभेन्ट मनाउँदै आएका छन् ।

Blog Post Ad Blog Post Ad