Ad Area

‘ओखती साबुन’को बढ्दै बजार


घोराही, ३० असार । ओखती सावुनको बजार बढ्दै गएको छ । देशभित्र पाईने जडीबुटीबाट बनेको साबुन करिव दुई दशकदेखि नेपालसहित विश्वका २७ बढी देशमा निर्यात हुने गरेको छ ।

जयकाली जडिबुटी उद्योग प्राली काठमाडौँले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर ओखती सावुनका बारेमा जानकारी गराएको छ । २०६५ सालदेखि दाङसहित स्वदेश तथा विदेशमा राम्रो विक्रि हुँदै आएको जयकाली जडिबुटी उद्योग प्रालीका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले जानकारी दिएका छन् ।

प्रवन्ध निर्देशक बस्यालले स्वदेशी उत्पादन ओखती ब्राण्डका १९ भन्दा बढी प्रकारका साबुन तथा आयुर्वेदिक बुटी तेल नेपालसहित विदेशमा निर्यात गर्दै आएकाले स्वदेशी बस्तुको प्रयोगलाई राज्यले पनि खपत बढाउँदै प्रोत्साहन गर्नुपर्नेमा बताएका हुन । उनका अनुसार सावुन भारत, चिन, मलेसिया, अमेरिकालगायतका विभिन्न देशहरुमा जाने गरेको छ ।

बस्यालले देशका नागरिकसँगै सरकारी कार्यालयहरुले पनि स्वदेशी उत्पादनको प्रयोग बढाउँदै आयातलाई घटाउन तथा स्वदेशी पूँजीलाई देशभित्रै रोक्न स्वदेशी उद्योगलाई सबैले सहयोग गर्नुपर्ने बताए । ओखतीले दैनिक १३ हजारभन्दा बढी साबुन उत्पादन गर्दै आएको प्रवन्धक निर्देशक बस्यालले बताए । ‘अहिले बजारको माग अनुसार उत्पादन गरिरहेको छौं’,प्रवन्ध निर्देशक बस्यालले भने,‘माग अनुसरा स्वदेशसँगै विदेशमा पनि ओखती सावुन निर्यात भैरहेको छ ।’

ओखती ब्राण्ड देशभित्रैको कच्चा पदार्थ, जनशक्ति र पुँजीको लागतबाट उत्पादन भएकाको यसको प्रयोगबाट उपभोक्ताले राम्रो लाभ लिईरहेको बताए । ‘छालाजन्य रोगबाट ग्रसितहरुका लागि यो बरदान नै छ, अरु सबैका लागि पनि निकै उपयोगी छ,’ प्रवन्ध निर्देशक बस्यालले भने,‘उपभोक्ताको रुची अनुसारको फरक–फरक प्रकारका ओखती साबुन उत्पादन गरी बजारमा ल्याएका छौँ, सबै प्रकारका साबुन लाभदायक मात्रै होईन अरु साबुनको तुलनामा सस्तो पनि छ ।’

उनले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै जटीवुटीको विक्रिका लागि राज्यको सहयोगको नीति नभएको गुनासो गरे । उद्योगले जडिबुटीयुक्त ओखती ब्राण्डले आफुले उत्पादन गरेको साबुनको पहिलो पटक बजारीकरण पनि दाङबाटै सुरु गरेको थियो । दाङमा ओखती ब्राण्डमा सामानलाई उपभोक्ताले रुचाएको बताउँदै अब यहाँका हरेक सरकारी कार्यालयमा यसको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

Blog Post Ad

दाङका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको भुसाल स्टोरका संचालक नारायणप्रसाद भुसालले उपभोक्ताका लागि ओखती सावुनसँगै तेल राम्रो रहेको भन्दै सावुनका लागि आवश्यक कच्चा पदार्थ समेत जिल्लाबाट जाने गरेको बताए ।

ओखती सावुन तथा तेलका लागि आवश्यक चिउरी तेल दाङबाटै जाने गरेको भन्दै किसानहरुलाई चिउरीको फल उत्पादनसँगै संकलन गर्न समेत आग्रह गरे । उनका अनुसार वर्षेनी करीब १२ टन चिउरीको तेल दाङबाट निर्यात हुने गरेको छ । यो निकै कम रहेकाले जडीबुटीजन्य विरुवा रोपणमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोखरेलले स्वदेशी उत्पादनको बजारीकरणलाई आफुहरुले गम्भिरतापूर्वक लिएको बताए । यसलाई अझै प्रभावकारी बनाउँदै कच्चा पदार्थ निकासी गर्न र स्वदेशी उत्पादनलाई थप व्यवस्थित रुपमा बजारीकरण गर्न सरोकारवाला निकायसँग सहकार्य गर्दै काम गर्ने ब उपाध्यक्ष पोख्रेलको भनाई रहेको छ ।

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सहुलियत प्रदान गर्ने नीति ल्याएको बताए पनि कानूनी जटिलताका कारण व्यहारिक उद्योगहरु कठिनाई भोग्न बाध्य भएको हुँदा नीजि क्षेत्र यसको सहजीकरणमा लागि परेको बताए

Blog Post Ad Blog Post Ad