Ad Area

निवृत्त शिक्षक समाज बबईको अध्यक्षमा भण्डारी, सबै पालिकामा संगठन बिस्तार


घोराही, ३० असार । नेपाल निवृत्त शिक्षक समाजले पालिका स्तरीय अधिवेशन अभियान अन्तर्गत बबई गाउँपालिका स्तरीय कमिटी गरेको छ ।

जिल्लाका अधिकांश पालिकामा अधिवेशन गरिसकेको समाजले बिहीबार गाउँपालिकामा स्तरीय नेपाल निवृत्त शिक्षक समाजको अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । यो सँगै नेपाल निवृत्त शिक्षक समाजको दश वटै पालिकामा कमिटी बिस्तार भएको छ ।

समाजका जिल्ला अध्यक्ष गोविन्द पौडेलको सभाअध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष शंकरदिवश मजगैयाँको प्रमुख आतिथ्यता एवं जनकल्याण मावि पदमपुरका प्रधानाध्यापक नन्दलाल तिवारीको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनले २ सदस्य पछि थप गर्ने गरी ९ सदस्यीय कमिटी गठन गरेको छ ।

जसको अध्यक्षमा हरिप्रसाद भण्डारी चयन हुनुभएको छ । उपाध्यक्षमा नन्दलाल वली, सचिवमा चन्द्रबहादुर वली, कोषाध्यक्षमा डिल्ली सुनार तथा सदस्यहरु ज्ञानबहादुर आईतबारे, जंगबीर डाँगी, रुद्रसिंह केसी सर्वसम्मत चयन हुनुभएको छ । समाजको रिक्त रहेको महिला उपाध्यक्ष र महिला सदस्यमा पछि चयन गरिने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि मजगैयाँले सेवा निवृत्त शिक्षकहरुको हकहीतका बारेमा वकालत गर्नुका साथै मुलुकको शैक्षिक उन्नतिका लागि समाजले खबरदारी गर्दै आएको बताउनुभयो । समाजमार्फत समुदायमा ज्ञान, सिप र अनुभव प्रदान गर्दै समुन्नत समाज निर्माणमा समाजले सदैव पहरेदारी गर्ने पनि उहाँको भनाई थियो ।

यही अभियानमा गोलवद्ध हुन आम निवृत्त शिक्षकहरुलाई उहाँको अपिल थियो । कार्यक्रममा निवृत्त शिक्षक समाज दंगीशरण गाउँँपालिका अध्यक्ष श्यामप्रसाद शर्मा, तुलसीपुर उपमहानगरपालिका सचिव कृष्णबहादुर केसीलगायतले निवृत्त शिक्षकहरुको बहाल रहँदा गरिएको योगदान अतुलनीय रहेकोको हुँदा यसको महत्व बुझ्न आवश्यक रहेको चर्चा गर्नुभयो । समाजलाई सही मार्गमा हिँडाउन तथा नागरिकलाई सचेत बनाउन शिक्षाको उज्यालो छर्ने काम शिक्षकबाट नै सम्भव भएकाले यसको उच्च मुल्यांकन हुनु आवश्यक रहेको उहाँहरुको भनाई थियो ।

Blog Post Ad

समाजका जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विषय प्रवेश एवं स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला कोषाध्यक्ष खुमानन्द अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad