Ad Area

दाङमा तीन वर्षीया बालिका बलात्कृत


घोराही, ८ साउन । दाङ जिल्लामा ३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बबई गाउँपालिका वडा न ५ निवासी ३ वर्षीया बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर भीरबाट खसालेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेपछि किशोरले बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । प्रहरीका अनुसार बलात्कृत बालिकाको नेपालगन्जमा उपचार भइरहेको छ ।

बालिकाको स्वास्थ्य अवस्था सुधार भइरहेको डिएसपी अर्यालले बताए । बलात्कारमा संलग्न किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । डिएसपी अर्यालका अनुसार आरोपी किशोरले अपराध स्वीकार गरिसकेका छन् ।