प्रेस युनियनको केन्द्रमा दाङबाट ३ पदाधिकारीसहित ११ बिजयी
दाङ, ९ साउन । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा दाङ निवासी ११ जना पत्रकार बिजयी भएका छन् । यहि साउन ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न महाधिवेशनबाट तीन पदाधिकारीसहित केन्द्रीय समितिमा दाङका ८ जना पत्रकार बिजयी भएका हुन् ।
जस अन्तर्गत प्रेस युनियनको महिला उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल बिजयी भएका छन् । त्यस्तै सदस्यहरुमा मुक्तिबाबु रेग्मी, लोकराज अधिकारी, बसन्त योगी, चेतन रेग्मी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिएका छन् ।