Ad Area

कलामा रमाइरहेका प्रताप


भरत रोकाय
दाङ, १० साउन । अधिकांश मानिसहरु आफूसँग रहेको कला र क्षमता पहिचान गर्न नसक्दा दुःखी भइरहेका हुन्छन् । अरुमा भएको कला र क्षमता राम्रो देख्ने तर आफूसँग भएको क्षमता नराम्रो देख्ने बानीले खुशी कम गराइरहेको हुन्छ ।

बास्तवमा मानिसहरुलाई उसले जिन्दगीमा के पाउन खोजिरहेको थाहा हुँदैन । केका लागि असन्तुष्ट भएर दुखलाई निम्त्याइरहेका छन् जिन्दगीभर त्यो पनि पत्तो हुँदैन । विश्वब्यापिकरणको अहिलेको युगमा मानिसहरुमा प्रधिस्पर्धाको नाममा अति महत्वकांक्षी मानिसहरु बढ्दै गएको जसले गर्दा अत्यन्तै भागदौड र अब्यवस्थित जीवनशैलीले उनीहरुलाई ब्यस्त बनाउनुको साथै खुशीबाट टाढा बनाइरहेको छ ।

मानिसहरु भविष्यको लागि धन सम्पत्ति जोड्नकै खातिर परिवारलाई समय दिन सकेका छैनन् । स्वादको लागि स्वास्थ्य बिगारिरहेका छन् । अहिले जुन चिज मुख मिठ्याई मिठ्याई खाइरहेका छन्, त्यस्तो खानपिनले गर्दा पछि रोग लागेर धेरै चिजको मुख बार्नुपर्ने हुन्छ । लोभ, लालचले गर्दा क्षणिक आनन्दमा भूलेर भाविष्यमा लामो समयको लागि दुखलाई निम्त्याइरहेका छन् । जिन्दगी खुशीसाथ बिताउने हो भने बिहान उठ्नासाथ आफूमाथि कृतज्ञ बनौं । उठनासाथ सुन्दर जिन्दगी दिएकोमा भगवानलाई धन्यवाद दिउँ । दुःख–सुखमा साथ दिएकोमा श्रीमान, श्रीमती तथा परिवारलाई पनि ।

प्रत्येक दिन कसैले आफूलाई गरेको सहयोग सम्झेर उप्रति कृतज्ञ भई मुस्कुराउने गरौं । यो क्रिया दिनदिनै गर्यौं भने हाम्रो जिन्दगीमा खुशीहरु थपिँदै जान्छ । याद राखौं–मेहनत गर्न नछाडौं । सन्तुष्टि भए खुशी आउँछ । सन्तुष्ट बनौं खुशीलाई सँधै कैद गरौं । त्यहि भावनामा खेलिरहेका प्रताप राना आफ्ना रहरहरुलाई ब्यवसायिकता बनाउन दिनरात खटिरहेका छन् ।

आफ्नै हातले पेन्टिङ गरेर बनाउने हस्तलिखित पेन्टिङहरुदेखि काठ, छाला र विभिन्न धातुहरुलाई कुदेर मायाँ प्रेमका भाव झल्किने आकृतिदेखि हाम्रो दैनिक जीवनमा प्रयोग हुने विभिन्न सामानहरु बनाउन खप्पिस राना मन्दिरमा सजिएर बन्ने थुप्रै देवी देउताका मूर्तिहरु बनाउने गर्दछन् । गाउँमा बसेर गाउँबाट पनि कृषि क्रान्ति सम्भव छ भनेर आधुनिक कृषि प्रणाली पनि अभलम्वन गर्दै आएका छन् ।

Blog Post Ad

दार्मा गाउँपालिका–२ मा जन्मिएका प्रताप आफ्नै गाउँमा केही गर्न सकिन्छ, केही गर्नु नै पर्छ भन्ने सपना देखेर गाउँमै बसेर सुनौला सपनाहरुको खेती गरिरहेका छन् । भनिन्छ मानिस असन्तुष्ट प्राणी हो । ऊ जति बुझ्ने हुँदै गयो उसको आवश्यकता तथा महत्वकांक्षा बढ्दै जान्छ । उसको एकपछि अर्काे आवश्यकता सिर्जना हुँदै जान्छ । त्यसैले पनि बिद्वान मोस्लोले मानिसको आवश्यक्ताको श्रृखलाबद्ध सिद्धान्त प्रतिपादन गरेका छन् । मानिसको एउटा आवश्यकता पूरा भएपछि तत्कालै अर्काे आवश्यक्ता सिर्जना हुन्छ, जुन नयाँ आवश्यकताले खुसीलाई टाढा बनाउँदै लान्छ ।

डेनिस बेईटलेले भनेका छन् कि– ब्यक्तिगत सन्तुष्टि ब्यक्तिको सफलताको लागि महत्वपूर्ण अंश हो । यदि कुनै ब्यक्ति जिन्दगीमा सन्तुष्ट छैन भने ऊ सफल हुन सक्दैन । किनकि असन्तुष्ट मानिसले राम्रोसँग कार्य सम्पादन गर्न सक्दैन । देशको ब्यवस्था परिवर्तन गर्न तल्कालिन जनयुद्ध, जनआन्दोलनमा घरकै जेष्ठ सन्तान गुमाएका उनको परिवारमा खासै केही परिवर्तनका बाछिटाहरु भने देखिएनन् ।

अतितले पिल्सिएको सामान्य परिवार, स–साना नानीबाबुका रहरहरु, अस्ताउँदै गरेको घामजस्तै बाआमाका मधुरा चेहराहरु, श्रीमतीको आँखामा अवेशयुक्त आशुहरु र आफूसँग रहेका मालवाहक सपनाहरु बाहेक उनको परिवारमा अरु केही थिएन । सुख, खुसी, सन्तुष्टि र आनन्द भन्ने कुरा किताबमा बाहेक कतै नदेखेका उनले देश छोडेर विदेश जाने निर्णय गरे ।

मानिसलाई जुन कुरा गुमाएको हुन्छ, त्यो कुरा ठूलो हुन्छ । तर, जुन कुरा हासिल गरेको हुन्छ, त्यो ठूलै भए पनि समयसँगै सानो लाग्दै जान्छ । र, गुमेको कुरालाई सम्झेर दुःखी बन्न पुग्छ । नेपालीमा भनाइ नै छ, मानिसलाई १० हजार भेट्टाएको खुशीभन्दा १ हजार गुमाएको दुःखले बढी सताउँछ ।

मानिसहरुको आफूलाई अर्काेसँग तुलना गर्ने बानीले गर्दा पनि दुःखी भइरहेको पनि देखिन्छ । आफ्नो घर, परिवार, काम, पेशा, ब्यवसाय, गाडी, समाज, देश, परिस्थिति आदि भन्दा अर्काको राम्रो देख्दा उनीहरु दुःखी बनिरहेका हुन्छ, जसको मुख्य कारण आफूसँग भएका चिजहरुसँग सन्तुष्ट नहुनु हो । यसमा कुनै दुईमत छैन कि, कडा मेहनत नै सफलताको शुत्र हो । तर, अधिकांश मानिसहरु सफलता, महत्वकांक्षाको नाममा जिन्दगीको सन्तुलन मिलाउन नसकेको कारणले गर्दा खुशीलाई टाढा बनाइरहेका छन् ।

मानिस खुशी हुन सबै कुराको सन्तुलन मिलाउन जरुरी हुन्छ । र, भएको चिजमा आनन्द लिन सक्नुपर्छ । तर, यसको मतलब मेहनत गर्न छोड्नु भने हुँदैन । जे छ त्यसमा आनन्द लिने भन्नुको मतलब किन बढी परिश्रम गर्ने र सफलताको लागि किन दौडधुप गर्ने भन्ने अर्थमा भने बुझ्नु हुँदैन ।

विगत लामो समय वैदेशिक कर्ममा रमाइरहेका रानाले स्वदेशमै सपना र रहरका सुन्दर भविष्यहरु कोर्ने निधो गरेका छन् । मोफसलको दुर्गम बस्तीमा आफ्ना रहर र सपनाहरुसँग रमाउँदै समाजलाई आत्मनिर्भरताको सिर्जनात्मक कला सिकाउँदै गरेका राना अवसर मात्र देखिरहेका छैनन् थुप्रै चुनौतीका पहाडहरुको पनि सामना गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad