जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, १० साउन । ईलाका प्रहरी कार्यालय तुलसीपुरले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरी घर भई हाल तुलसीपुर ६ मा कोठा भाडा लिएर बस्दै आएका अन्दाजी १९ वर्षीय बिजुल भनीने प्रदीप बिक रहेका छन् । फरार बिकले गएको साउन ४ गते आफु कोठा भाडामा बस्ने घरको अर्को कोठामा बस्दै आएकीे महिलालाई जवरजस्ती करणी गरी फरार भएका थिए ।
जवरजस्ती करणी पश्चात किरण राणाको रा ६ प ५४०८ नम्बरको को मोटरसाईकल लिएर फरार भएपछि साउन ५ गते पीडितले प्रतिवादीका नाममा जाहेरी दिएकी थिईन । जाहेरी पछि फरार बिकलाई खोज तलासीको क्रममा मोटरसाईकल धनी किरण राणालाई साउन ८ गते उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखत बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार फरार रहेका प्रतिवादी बिजुल भनीने प्रदीप बिक लाई भने तुलसीपुर उपहानगरपालिका वडा नं. ६ भित्रि सडकमा फेला पारी पक्राउ गरेर अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।