Ad Area

टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक युवा वेपत्ता


तुलसीपुर,१० साउन । सल्यानको कुपिन्डे तालमा डुबेर एक जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका –६ बस्ने ३५ वर्षिय जिवन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारको सिलसिलामा दुबईमा बस्दा उनका साथि धादिङ खानिबास गाउँपालिका –३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङसंग कुपिन्डे ताल घुम्न गएका थिए । उनको टिकटक बनाउने क्रममा तालमा खसेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक खड्काको भनाई छ ।

बस्नेत मंगलबार दिउँसो करिब १२ः३० बजे डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ । हराएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।