Ad Area

तुलसीपुरमा अपहरण गरेर सात लाख माग्ने ६ जना प्रकाउ


तुलसीपुर,१० साउन । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेको भन्दै ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ बर्षीय लिला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर ६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् । निर्मलालाई प्रयोग गरेर उनीहरुले अपहरण गरेका हुन् ।

केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याईएको हो । दाङ ल्याएपछि तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखिएको थियो । त्यसपछि पैसा माग्नकालागि उनले दैलेख स्थित श्रीमतिलाई भने र श्रीमतिले इप्रका तुलसीपुरलाई फोन गरेपछि डीएसपी अर्यालको कमान्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरुलाइ मंगलबार ५ बजेतिर नियन्त्रणमा लिएको हो ।

सुकलाल, मनोज र पीडित केशवबीच लेनदेनको कुरा थियो । उनीहरु विदेश संगै बसेको र लेनदेनको कुरा भएकाले त्यो मिलान नभएपछि अपहरणको अवस्था सिर्जना भएको हुन सक्ने प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भईरहेकाे प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad