Ad Area

आकर्षक सहिद लखन पार्क


दाङ,११ साउन । घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बजारकोवीच भागमा रहेको सहिद लखन थापा पार्क पछिल्लो समय आकर्षक बनेको छ । घोराहीको बजारको मध्य भागमा रहेको पार्कलाई सुन्दर बनाउने काम करिव सम्पन्न हुन लागेको छ ।

पार्कको भित्रि भागलाई समथर बनाउने, फुटपाथ, फुल रोप्ने कामहरु सकिएका छन् । फुटपाथको वरिपरि रोपिएका फुलहरु हुर्किएर सुन्दर देखिन थालेको छ भने दुवो मौलाएर मान्छे बस्न सहज बनेको छ । पार्कलाई सुरक्षित र आकर्षक बनाउनका लागि गेटका रुपमा बाहिरी भागमा फलाले तारवार गरिएको छ । हिड्नका लागि फुटपाथ तयार भएका छन् । पार्कलाई आकर्षक बनाउनका लागि धेरै काम भएपनि अझै केही काम हुन बाँकी रहेको घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढाले जानकारी दिएका छन् ।

वडा अध्यक्ष बुढाका अनुसार पार्कको वाहिर भागमा फलामका बेन्चहरु राखिने छ, भने अवलोकन तथा घुम्न जानेहरुका लागि कफि हाउस बनाउन बाँकी रहेको छ । त्यसैगरी रातको समयमा उज्यालो बनाउन विजुली बत्ति जडान गरिने छ् । पानीका फोहोरा बनाउने र सञ्चालन गर्ने, बाल उद्यान बनाउने काम बाँकी छन् । बजारको वीच भागमा सुन्दर पार्क निर्माणको लागि अझै थप मेहनत आवश्यक छ । पार्क निर्माणका लागि हाल सम्म करोड बढी रकम खर्च भैसकेको छ ।

२०७६÷०७७ मा प्रदेश सरकारको ५८ लाख, घोराही उपमहानगरपालिकाको ४० लाख र वडा कार्यालयको ७ लाख रुपैँया खर्च भएको छ । आर्थिक वष ०७८÷०७९ मा पार्कको शौन्दर्यकरणको लागि घोराही उपमहानगरपालिका वाट थप ७ लाखको काम भैरहेको छ । गुरु योजना अनुसार पार्क निर्माणका लागि २ करोड ४० लाख बजेट अनुमान गरिएको निर्वतमान वडा अध्यक्ष शक्तिराम डाँगीले बताए । गुरु योजना अनुसार करिव थप एक करोड रकम लाग्ने अनुमान गरिएको छ ।

Blog Post Ad

घोराही १४ वडाको चिनारीका रुपमा रहेको लखन थापा पार्कलाई पूर्ण रुपमा सम्पन्न गर्नका लागि प्राथमिकता दिने वडा अध्यक्ष बुढाले बताए । चालु आर्थिक वर्ष २०७९–०८० मा पाकलाई सुन्दर बनाइसक्ने उनको दावी छ ।


त्रिभुवन पार्कको रूपमा परिचित पार्कमा नेपाल मगर संघ दाङले २०७२ सालमा सहिद लखन थापाको शालिक निर्माण गरेको हो । सोही साल फागुन २ गते थापाको शालिक अनावरण गरएको थियो । त्यस यता लखन थापा पार्कको रुपमा चिनिन थालेको हो । राणा शासनको समयमा हत्या भएका लखन थापाको शालिक निर्माण गर्न संघले २०६४ सालदेखी पहल थालेको थियो ।

 

Blog Post Ad Blog Post Ad