Ad Area

दाङबाट १ करोड ६६ लाख बढी मूल्यका खसीबोका निर्यात


अमरराज आचार्य

दाङबाट दसैंका लागि १ करोड ६६ लाख भन्दा बढी मूल्यका खसीबोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाका विभिन्न स्थानबाट गरिद गरेर १ करोड ६६ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको निर्यात गरेको कम्पनीका निमित प्रमुख नकुल चौधरीले जानकारी दिए ।

गत वर्ष १ करोड ३५ लाखको निर्यात गरिएको थियो । उनका अनुसार यसवर्ष १ हजार १ वटा खसीबोका खरिद गरेर जिल्ला बाहिर पठाइएको हो । जसमा ८ सय ४५ वटा खसी र १ सय ५६ वटा बोका रहेको कम्पनीले जनाएको छ । पहिलो लटमा ६ सय अरु दोस्रो लटमा गरेर पठाइएको हो । गत वर्ष भन्दा यस वर्ष २ सय खसीबोका बढी निर्यात गरिएको चौधरीको भनाइ छ । गतवर्ष ८ सय १ वटा खसीबोका निर्यात गरिएको थियो । “यस वर्ष हामीले पहिलो पटक यती धेरै खसीबोका खरिद गरेर निर्यात गरेका हौं” निमित प्रमुख चौधरीले भने ।

कम्पनीले खसीबोका खरिद गरेपछि बिक्री गर्न सहज भएको कृषकहरुको भनाइ छ । जिल्लामा गत वर्ष भन्दा दाङमा जिउँदो खसीबोकाको मूल्यमा प्रति केजी १५ रुपैयाँ वृद्धि गरिएको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितीको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

कृषकहरुले मूल्य बढाउन माग गदै आएका थिए । कम्पनीले असोज १७ गतेबाट खसीबोका खरिद गर्न सुरु गरेको निमित प्रमुख चौधरीले बताए । जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरी कृषक तथा सहकारी संस्थाहरुले पालन गरिएको खसीबोका खरिद गरिने गरेको छ । किसानहरू मारमा नपर्ने गरी खसीबोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताउँछन् । खरिद गरीएका खसीबोका ढुवानी गर्ने धेरैले नमान्ने उनको भनाइ रहेको छ । ढुवानी गर्दा खसीबोकाको मृत्यु भएमा ढुवानी गर्ने वालाले व्यहोर्नु पर्ने भएकाले नमान्ने गरेका हुन् ।

दसैं तिहारमा खसीबोकाको कारोबार धैरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको छ । घर घरमा गएर कम्पनीले खसीबोका खरिद गर्दा सहज भएको कृषकहरु बताउँछन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad