Ad Area

लमही आखाँ अस्पतालमा सेवा लिने बढ्दै


मञ्जु रोका मगर
दाङ, १४ साउन । लमही आखाँ अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । अस्पतालवाट आँखा उपचारको लागि सेवा विस्तार भएसंगै सेवाग्राहीहरु बढ्दै गएका हुन ।

अस्पतालमा सेवा विस्तार भएसँगै दाङका जिल्लाका विभिन्न ठाउँसँगै छिमेकी जिल्लाहरुबाट समेत आखाँका बिरामीहरु आउने गरेका छन् । दैनिकी दुई सयको हाराहारीमा सेवाग्राहीहरुले आँखाको उपचार सेवा लिने गरेको लमही आखाँ अस्पतालका डा।सुदिप राजभण्डारीले जानकारी दिएका छन् । डाक्टर राजभण्डारीका अनुसार आखाँमा सुख्खापन, आखाँ पाक्ने तथा वृद्धवृद्धामा मोतिबिन्दुको समस्या लिएर अस्पताल आउने गरेका छन् ।

नेपाल नेत्रज्योती संघ दाङद्वारा सञ्चालित लमही आँखा अस्पतालले २०६३ सालबाट आँखा उपचार गर्न देउखुरीमा सुरु गरेको थियो । तर अस्पतालका रुपमा भने २०७० सालबाट सेवा सुरु गरेको हो । आँखाको जटिल सल्यक्रियाका लागी बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले जानकारी दिएका छन् । बरिष्ठ प्रशासकिय अधिकृत थापाका अनुसार स्थानीय सरकारसंगको सहकार्यमा मोतिबिन्दुको कारणले दृष्ट्रि विहिन भएका विरामीको आखाँहरुको निशुल्क अपे्रशन गर्ने योजनामा अस्पताल रहेको बताए ।

उहाँका अनुसार अस्पतालले अन्य विभिन्न समयमा आखाँ शिविर सञ्चालन गरेर जनतालाई घरदैलोमा सेवा दिने गरेको छ । अस्पताल अहिले पुर्वाधार विकासको काममा अघि बढेको बरिष्ठ प्रशासकिय अधिकृत थापाले बताएका छन । जस अन्तर्गत लमही आखाँ अस्पतालमा कर्मचारी आवास भवनको कार्य अन्तिम चरणमा रहेको छ । त्यस्तै अस्पतालले जनशक्तिको अभाव हुन नदिन नेत्र सहायकको पठनपाठन सञ्चालन गरि रहेको छ ।

Blog Post Ad

पूर्वाधार विकास, अत्याधुनिक उपकरणको व्यवस्थापन तथा अस्पताललाई टिचिङ्ग अस्पताल बनाउने गरी विभिन्न निकायसँग सहकार्यको प्रयास भईरहेको अधिकृत थापाले जानकारी दिए । मोबाइल एप सञ्चालनमा अस्पतालको अत्यधिक चापलाई व्यवस्थित गर्न तथा सेवालाई थप प्रभावकारी बनाउन लमही आँखा अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

Blog Post Ad Blog Post Ad