भरत रोकाय ‘एक्सन’ का दुई गजल
भरत रोकाय ‘एक्सन’
(१)
तपाईंको जस्तो मभित्र मपाई थिएन्।
अहङ्कार,अहमताको उचाइ थिएन्।
न दाई जिउँदो, न भाई जिउँदो रह्यो।
अंशको पनि चानचुने लडाइ थिएन्।
म जस्तो सोझो पनि हुनुहुँदैन मान्छे।
मेरै दिल चोरेको थाह मलाई थिएन्।
गौँडामा बसेर के दुश्मनी निभाउछौ।
तिम्रो प्रहारको चोटमा दुखाइ थिएन्।
कसरी टिक्छिन् मसँग मेरी प्रेमिका।
म बेरोजगारीको राम्रो कमाई थिएन्।
(२)
धत! के गरेको यस्तोरुभो यस्तो नाई नगरी दिनुहोस्।
म लास हुँ, लास चलाउने बिन्ठ्याई नगरी दिनुहोस्।
घरकै मेलमिलापको खाँचो छ, आमाको आँखालाई
आजदेखि यो झै–झगडा दाजुभाई नगरी दिनुहोस्।
ए अनाथ हो, सिट्टि बजाईहाल्छ, लठ्ठी लगाईहाल्छ
यो सिंहदरबार छेउछाउको बसाई नगरी दिनुहोस्।
जान्ने,बुझ्ने भएरै सिमाना हुँदै चोकमा उभिएको छ
बा,यो सालिकलाई सम्झाई बुझाई नगरी दिनुहोस्।
न कुनै उद्देश्य हुन्छ, न कुनै गन्तव्य हुन्छ फकिरको ,
यी विभिन्न मान्छेसंग तुलना मलाई नगरी दिनुहोस्।
सल्यान, हाल घोराही