Ad Area

बाह्रकुने दहमा फोहोर व्यवस्थापन सकस


घोराही, १५ साउन । घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रकुने दह धार्मिक तथा पवित्र स्थल हो । जहाँ जिल्ला तथा वाहिरका नागरिकहरु दर्शन तथा पुजाँ, पिकनिकका लागि आउने गर्छन् । यो तालमा १२ वटा कुनाहरु भएकाले नाम बाह्रकुने ताल रहन गएको हो । पर्यटकीय स्थलको प्रचुर संभावना भएको बाह्रकुने ताल विकासउन्मुख छ । तर दह प्रांगण स्थलमा फोहार व्यवस्थापन मुख्य चुनौती बनेको छ । पिकनिक स्पटहरुमा भएको फोहोर हैरानीको विषय बनेको छ ।

दहमा पानीका वोतल, सिसाका टुक्रा, प्लाष्टिक जथाभावी फालिएको छ । जसले दुर्गन्ध फैलाएको छ । घोराहीकी सरिता केसीले बसेर बाह्रकुने दह क्षेत्रमा पिकनिक जाँदा बसेर खान सक्ने अवस्था नभएको वताइन् । फोहोरका कारण समस्या भोगेको उनले बताइन् । जिल्लाकै प्रमुख धार्मिक पवित्र स्थल भएपनि फोहोर व्यवस्थापनमा चासो नदेखाएको उनले बताइन् । उनि मात्र होइन् हिजो आज दह जाने धेरलाई फोहोरले सताएको छ । यसले नागरिकहरुमा दह तर्फको आर्कषण घटाएको छ ।

Blog Post Ad Blog Post Ad