Ad Area

स्वाधीन संयुक्त सरकार गठन अबको आवश्यकता- बास्तोला


घोराही, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी बहुमत पहिलो जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार दाङ घोराहिमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बहुमत केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला कमरेड कंचनले देश साम्राज्यवादीहरुको क्रियास्थलबाट ग्रसित भई संसदीय व्यवस्था मार्फत नेपाललाई युक्रेन बनाउन थालेको हुँदा यस्तो आईपर्ने समस्या समाधानका निमित्त अन्त्य गर्न स्वाधीन संयुक्त सरकार गठन गरेर कार्यान्वयनमा जान सकिने बताउनुभयो ।

बास्तोलाले अब स्वाधीन सरकार गठन हुनुपर्ने बताउनुभयो । स्वाधिन हुन सबैले चाहेको भएपनि अहिलेका पार्टीका नेताहरु स्वाधिन हुन नसकेको उहाँको भनाई छ । ‘स्वाधीन हुन सबैलाई मन छ, तर अहिलेका नेताहरु शेरबहादुर देउवादेखि प्रचण्ड, माधव, केपी ओली सबै स्वाधीन हुुन सक्नुभएको छैन,’ उहाँले भन्नुभयो, ‘किनकी कसैबाट दमित, परिचालित हुनुपरेको छ ।’

त्यसैका कारणले अहिले अमेरिकी सहयोग एमसीसी पास गर्ने मन नहुँदा नहुँदैपनि एमसीसी संसदबाट पास भएको बास्तोलाले बताउनुभयो । कसैबाट दमित नहुनका लागि अबको आवश्यकता स्वाधीन सरकार गठन हुनुपर्ने उहाँले बताउनुभयो । जसका लागि संसदीय व्यवस्थाको अन्त्य हुन नसकेपनि प्रणालीको अन्त्य गर्नुपर्ने, राजनीतिक स्थिरताको ग्यारेण्टी हुनुपर्ने, सामाजिक रुपान्तरण हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, समृद्धिको सुनिश्चिता, स्वाधिनता स्थापित हुनुपर्ने उहाँले माग राख्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्रका विश्वराज आचार्य, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला अध्यक्ष सुरामणि बेलवासे, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादिका गोपाल खत्री, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, प्राध्यापक तथा बुद्धिजीवी रामप्रसाद जैसिलगायतले आआफ्ना धारणा राख्नु भएको थियोे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज, केन्द्रीय सदस्य सितल, नेपाल कम्युनिस्ट पार्टी बहुमत लुम्बिनी ब्युरो सदस्य दिग्दर्शन, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक मुक्ति गैरे, अखिल क्रान्तिका रीका केन्द्रीय कोषाध्यक्ष दिपक बिष्ट र नेपाल पत्रकार महासंघ दाङ जिल्ला शाखाका अध्यक्ष दुर्गालाल केसि लगायत अतिथिहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता कमरेड तिलकले गर्नुभएको थियो । नारायण भण्डारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण बिष्णु ओलीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad