Ad Area

स्वर्गीय माता पिताको नाममा जाेशी परिवारद्वारा अक्षय कोष स्थापना


घोराही, १७ साउन। दिवंगत भएका पितृकाे सम्झनामा एक परिवारले अक्षयकाेष स्थापना गरेकाे छ । जेष्ठ नागरिक सराेकार केन्द्रमा बस्दै आएका जेष्ठ नागरिक परिवारकाे सहजताका लागि पितृकाे सम्झनामा अक्षयकाेष स्थापना गरिएको अक्षयकाेषदाता मधुसुदन जाेशीले बताउनुभयो ।  घाेराही उप-महानगरपालिका वडा न.१५ नयाँसडक टाेल निवासी साैर्य फाेटाे स्टुडियोका संचालक मधुसूदन जेाशी-माेनिका जाेशीले आफ्ना पितामाता, ससुरावुवा, सासुआमा स्व. काेमानन्द जाेशी स्व. गिरा जाेशीकाे स्मृतिमा घाेराही उप-महानगरपालिका वडा न.१६ तेराैटेमा रहेकाे ज्येष्ठ नागरिक सराेकार केन्द्र (वृद्धाश्रम) मा स्व.मातापिता “काेमानन्द जाेशी , गिरा जाेशी ज्येष्ठ नागरिक सेवा अक्षयकोष” नामक अक्षयकोषका लागि लाख एघार हजार एक सय एघार रूपैयाँ प्रदान गर्नु भएकाे कोषाध्यक्ष श्यामप्रकाश आचार्यले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक सराेकार केन्द्र (वृद्धाश्रम ) परिवारले अक्षयकाेषदाता जाेशी परिवारलाई धन्यवाद दिएको छ ।

Blog Post Ad Blog Post Ad