Ad Area

बिमलाले कहिले पाउछिन्, एकराजले सापटी लिएको पैसा ?


 काठमाडौं,१७ साउन । लुम्बिनी प्रदेशको पूर्व स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्य मन्त्री विमला कुमारी खत्री वलीले न्याय पाउन सकेकी छैनन् । वाईसिएल नेता एकराज बस्नेतको श्रीमतिमाथि दुव्र्यबहार गरेको भन्दै पदबाट समेत राजीनामा दिन बाध्य भएकी वलीले अहिलेसम्म एकराजले सापटी लिएको भन्ने रकम पाउन सकेकी छैनन् ।
लुम्बिनी प्रदेशका आन्तरिक ममिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार वली लेनदेनकै लागि तुलसीपुर ५ स्थित बस्नेतको घरमा गएको भन्दै त्यो लेनदेन बस्नेतले पनि स्वीकार गरेको बताए । बस्नेतले ६ लाख २० हजार रुपैँया लिएको भनि छानविन समितिसंग स्वीकार गरेको भन्दै त्यो रकम विमलाले पाउनु पर्ने शर्माले बताए ।
‘हामीले छानविन गरि प्रतिवेदन बुझाएका छौं, मुख्यमन्त्रीलाई पनि मैले भनेको छ’, उनले भने‘विमलाले एकराजलाई सापटीका रुपमा दिएको रकम बुझाउनु पर्छ, त्यसकालागि सबैले पहल थाल्नु पर्छ ।’ स्रोतका अनुसार अहिलेसम्म विमलाले एकराजले सापटी लिएपछि उत्पन्न भएको विवाद पश्चात पाउनु पर्ने रकम पाएकी छैनन् । उनललाई राज्यमन्त्रीबाट पनि राजीनामा दिएकी छन् ।
जेठ ३१ गते बिहान पूर्व राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । त्यो आरोप लागेपछि लुम्बिनी प्रदेश सभाले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा छानविन समिति बनेको थियो । छानविन समितिले एकराजले पैसा लिएकाले त्यही लेनदेनको कुरा मिलाउनकालागि एकराजको घरमा गएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
तर, बिमलाले मर्यादा विर्सेर गएकाले त्यो कमजोरी भएको भएपनि एकराजले लिएको सापटी पैसा फिर्ता गर्नुपर्ने मन्त्री शर्माले बताए ।‘विमलाले राज्यमन्त्रीको मर्यादा बिर्सेर त्यहाँ जान हुने थिएन’, मन्त्री शर्माले भने‘तर, लेनदेनको कुरा छ, त्यो एकराजले लिएको पैसा फिर्ता दिनुपर्छ ।’ पूर्वराज्य मन्त्री वलीकै कारण लुम्बिनी प्रदेशको सत्ता गठबन्धनको हातमा आएको भन्दै त्यसकै सम्मान स्वरुप राज्यमन्त्री बनाईएको हो ।
सांसद उत्तरकुमार वलीको निधन पछि श्रीमति विमला कुमारी वलीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उम्मेदवार बनाएर उपनिर्वाचिनमा जिताएको थियो । केही समयपछि नेकपा फुटेर साबिककै एमाले र माओवादीमा विभाजन भएपछि विमलाले माओवादी केन्द्र रोेजेकी थिइन् । उनले माओवादी केन्द्र रोजेपछि अहिलेको गठबन्धनको सरकार निर्माण भएको हो ।
सरकार परिबर्तनमा बिमलाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । तर, अहिले विमलाको सापटी रकम उपलब्ध गराउन पार्टीले पनि भूमिका नखेलेको गुनासो आइरहेको छ । वली निकट स्रोतका अनुसार यदि पार्टी र प्रदेश सरकारले कुनै चासो नदिए सांसद र पार्टीबाट समेत राजीनामा दिने तयारी रहेको छ ।
Blog Post Ad Blog Post Ad