Ad Area

दाङको घोराहीमा लुम्बिनी ईभी ट्रेडिङ्ग सञ्चालनमा


घोराही, १८ साउन । दाङको घोराहीमा कोमाकी ईलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता लुम्बिनी इभी ट्रेडिङ्ग सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक कोमाकी स्कुटर दाङमा सार्वजनिक गरिएको हो ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्य बृद्धिबाट जोगाउने उद्देश्यका साथ घोराही १५ स्थित नेत्रलाल चौकबाट लुम्बिनी इभी ट्रेडिङ्ग सञ्चालनमा आएको हो । ५० लाखको लगानीमा घोराहीका दुई युवा चुडामणी आचार्य र युवराज बम्पालले संयुक्त रुपमा सञ्चालन गर्नुभएको हो ।

लुम्बिनी इभी ट्रेडिङ्गको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नंम्वर १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेले पेट्रोलिएम पदार्थको मूल्य अस्वाभाविक रुपमा बढ्दै गएकाले अबको विकल्प ईलेक्ट्रिक सवारी साधन भएको बताउनुभयो । पेट्रोलको प्रयोग बिना नै चल्ने कोमाकी ईलेक्ट्रिक स्कुटरको प्रयोग गर्न सबैलाई सुझाव दिनुभयो । वातावरण सन्तुलन कायम राख्नका लागि पर्यावरणमैत्री सवारी साधनको प्रयोगमा ध्यान दिन सके वातावरण प्रदुषण नियन्त्रणमा सघाउन पुग्ने उहाँले बताउनुभयो ।

इन्डियन कम्पनीको कोमाकी इलेक्ट्रिक स्कुटर चारदेखि पाँच घण्टामा पूरा चार्ज गर्न सकिन्छ भने १२० किलोमिटरसम्म चल्ने क्षमता रहेको सञ्चालक बम्पालले जानकारी दिनुभयो । १२५ सिसी बराबर रहेको कोमाकी स्कुटरको मूल्य २ लाख ९५ हजारदेखि ३ लाख १० हजारसम्म रहेको सञ्चालक आचार्यले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad