Ad Area

लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल


बुटवल,२० साउन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुन् । ढकाल नेपाली कांग्रेस निकट हुन् ।

सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो । विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताए । सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको अनुगमन अधिकृतमा ६ महिनाका लागि पत्रकार टंक सुनारलाई नियुक्त गरेको छ ।

Blog Post Ad Blog Post Ad