Ad Area

ममताको सफलता : सानै उमेरमा दर्जन बढी गोल्ड मेडल


दाङ,२१ साउन । रोल्पाको लिवाङ बजारमा पसल थियो । बुबा शारिरीक अपांग भएकाले बुबाआमा मिलेर पसलमा बस्नुहुन्थ्यो । विहान फुर्सदको समयमा पसलमा ममता पनि बस्थिन । त्यही समयमा पसल अगाडीबाट खेल सिक्न जाने खेलाडीहरु सेतो डे«समा जाने–आउने गर्थे,त्यो देखेर ममतालाईपनि रहर लागेको थियो ।

गेम सिक्ने ठाउँ कभर्ड हल लिवाङकै टुडीखेलमा थियो । पसल टुडीखेल नजिकै भएकाले प्राय पसलअघिकै बाटो हिड्ने गर्थे । त्यो देखेपछि मलाईपनि रहर लागेको थियो । साथीसँग सल्लाह गरेर सिक्ने ठाउँसम्म गए तर भर्ना हुनलाई अभिभावक चाहिदो रहिछ । तर मलाई खेल सिक्नका लागि ममीको अनुमति थिएन । बुबा शारिरीक रुपमा अपांग भएको र तेक्वान्दो खेलमा लड्नुपर्ने भएकाले ममीले मलाई खेल्नलाई अनुमति दिनुभएको थिएन । पछि आफन्तीको सहयोगमा रोल्पा तेक्वान्दो डोजाङमा भर्ना भएर तेक्वान्दो खेल सिक्न थालिन ।

तेक्वान्दो खेलमा लागेको छोटो अवधिमै राम्रो क्षमता प्रदर्शन गर्दै सानै उमेरमा दर्जन बढी गोल्ड मेडल जित्न सफल भइन । सानै उमेरदेखि तेक्वान्दो खेलमा उत्कृष्ठ क्षमता प्रदर्शन गरिरहेकी ममता १७ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताबाट राष्ट्रिय टिममा समेत पर्न सफल भइन । देशको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगितामा खेलेर देशसँगै आफ्नो नाम चिनाउने लक्ष्यका साथ अघि बढेकी तेक्वान्दो खेलाडी ममता रिजालले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दाको क्षण आफ्नो जीवनको पहिलो खुशीको क्षण भएको बताउँछिन् ।

‘सानो उमेर र खेलमा लागेको छोटो अवधिमै धेरै प्रतियोगिता खेल्ने अवसर पाएकी छु । खेलेका अधिकांस प्रतियोगितामा स्वर्ण जितेको छु’,ममताले भनिन्,‘त्यी मध्य मलाई सवैभन्दा खुशी लाग्ने क्षण भनेको १७ औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दाको क्षण हो ।’ जुनियर ६३ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी ममताले डोजाङ स्तरीय, जिल्ला स्तरीय प्रतियोगितामा स्वर्ण जित्दै लुम्विनी प्रदेशको टिममा परेर राष्ट्रिय प्रतियोगिताका लागि छनोटमा भएकी थिइन । काठमाडौको सातदोवाटोमा गएको चैत १८ र १९ गते भएको प्रतियोगितामा कर्णाली प्रदेशकी खेलाडीलाई फाइनलमा हराउँदै ममताले स्वर्ण पदक जितेकी थिइन ।

त्यसो त उनी खेल सिक्न थालेको करिव एक हप्तामै रोल्पाको मिरुल भन्ने ठाउँमा भएको प्रतियोगितामा सहभागी भएकी थिइन । प्रतियोगितामा सहभागी हुनलाई खेल सिकेकी तँ थिइनन् तर सवै साथीहरु जान लागेकाले रहर र गेम खेलेको हेर्दा सिक्ने तीव्र इच्छाका कारण उनी प्रतियोगितामा सहभागी भइन । गुरुको सल्लाह अनुसार प्रतियोगितामा खेलेकी ममताले पहिलो प्रतियोगितामा तेश्रो भइन ।

Blog Post Ad

मेडल र प्रमाणपत्र जितेर घर ल्याउँदा ममी खुसी हुनुभएको थियो र मलाई खेलमा सहयोग गर्न थाल्नुभएको हो । त्यो क्षण पनि आप्mनो जीवनको खुशीको क्षण भएको ममता बताउँछिन । ‘म खेल सिक्न गएकोमा ममी खुशी हुनुहुन्थेन । ममीलाई त्यता नगैदिए हुन्थ्यो भन्ने चाहना थियो’,ममताले भनिन,‘मेरै जिद्धीले गर्दा म खेल्न पुगेको थिए । पहिलो गेममा तेश्रो हुन सफल भएपछि ममी खुशी हुनुभएको थियो । सायद घरपरिवारको सहयोग नभएको भए म यो स्थानमा रहने थिइन ।’

खेलभन्दा बुबाआमाको चाहना राम्रोसँग पढेर सरकारी जागिर खाओस भन्नेमै थियो । तर मेरो चाहना भने खेलप्रति बढ्दै गयो । जसले गर्दा तेक्वान्दो खेलमा संक्रिय भएको करिव पाँच बर्षमै एक दर्जन स्वर्ण पदक जितेकी छिन् भने रजत र काश्य पदक पनि करिव ५÷७ वटा जितेकी छिन् । त्यही मध्यको अर्को खुशीको क्षण हो, प्रथम मेयर कप विविध प्रतियोगितामा गोल्ड मेडल जित्दाको क्षण ।

‘रोल्पा नगरपालिकाको आयोजनामा २०७५ सालमा प्रथम मेयर कप विविध प्रतियोगिता भएको थियो’,ममताले भनिन्,‘उक्त प्रतियोगितामा पहिलो पटक मैले स्वर्ण पदक जित्न सफल भएको थिए, त्यो क्षण मेरो अविष्मरणिय हो ।’ उक्त प्रतियोगिताले ममताले ४५ केजी उमेर समूहमा प्रतिष्पर्धा गरेकी थिइन ।

ममताले जिल्ला,प्रदेश, राष्ट्रिय हुँदै एउटा अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा समेत स्वर्ण जितेकी छिन् । सन २०२१ मा भारतको नयाँ दिल्लीमा भएको इन्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन, त्यो क्षणपनि आफ्नो जीवनको खुशीको क्षण भएको उनले बताइन ।

त्यसैगरी २०७५ सालमा लिवाङमा भएको जिल्लास्तरिय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक स्वर्ण जितेकी उनले प्रथम मेयर कप विविधि प्रतियोगिता, मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता, आठौ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत लुम्विनी प्रदेशस्तरीय प्रतियोगितालगायतका विभिन्न प्रतियोगिताहरुमा स्वर्ण, रजत र काश्य पदक जितेकी छिन् । खेलक्षेत्रमा अघि बढ्नका लागि घरपरिवार, आफन्ती, साथीभाई,विद्यालयका गुरुहरुसँगै खेलाडी आयुष केसीको निरन्तर सहयोग रहदै आएको उनी बताउँछिन् ।

२०६२ साल भदौ २९ गते बुबा भक्तिराम रिजाल र आमा कमला रिजालको सन्तानका रुपमा रोल्पा नगरपालिका–२ लिवाङमा जन्मिएकी थिइन । ममताका एक भाई मनोज छन् । गाउँमै रहेको ब्राइट फिउचर बोर्डिङ स्कुलबाट औपचारिक पढाई प्रारम्भ गरेकी ममताले उक्त स्कुलमा युकेजीसम्म पढेकी थिइन । त्यसपछि लिवाङमा रहेको बालकल्याण माध्यामिक विद्यालयमा कक्षा दशसम्म अध्ययन गरिन ।

उक्त विद्यालयबाट एसईई पास गरेपछि गतबर्ष रोल्पाबाट घोराही झरेकी ममता भरतपुरस्थीत पद्मोदय नमूना माध्यामिक विद्यालयमा व्यवस्थापन संकायमा भर्ना भएर प्लस टुमा पढ्दै छिन् । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङमा आवद्ध तेक्वान्दो खेलाडी ममता बल्याक बेल्ट फष्ट डान खेलाडी हुन ।

Blog Post Ad Blog Post Ad