Ad Area

साहित्य : गजल


भरत रोकाय ‘एक्सन’

प्रविधिकहरुले गाउँ(गाउँमा गरे प्रचार सम्भव छ।
एक घर,एक करेसाबारीुभने अनुसार सम्भव छ।

दार्मा खोला तरकारी, स्याउ फल्छ मालिकामा।
कूषिमा केहि सोचौं स्थानिय सरकार सम्भव छ।

कूषिलाई आधुनिकरण गरेर,कृषि क्रान्ति गर्न।
ब्यबस्थापन गर्नै पर्छ कृषि बजार सम्भव छ।

मेहनती र लगनशील युवाहरुलाई अनुदान दिएर।
यसरी पनि हटाउन सकिन्छ बेरोजगार सम्भव छ।

समाज र देश आर्थिक रुपमा मजबुत हुन सक्छ।
हामी सबैले राख्यौ भने कृषिमा सरोकार सम्भव छ।

Blog Post Ad

ठेगाना सल्यान, हाल घोराही

Blog Post Ad Blog Post Ad