Ad Area

दाङकाे बारमा नयाँ नेतृत्व चुन्न मतदान जारी


घोराही, २१ साउन । अभिवक्ताहरुको छाता संगठन जिल्ला बार इकाई दाङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । गत साउन ७ गते भएको ४१ औँ साधारणसभा तथा अधिवेशनमार्फत आजका लागि निर्वाचन मिति तोकिएपछि जिल्ला बारको निर्वाचन भईरहेको हो । आगामी २ वर्षे कार्यकालका लागि बारका तर्फबाट दुई वटा प्यानल बनाएर प्रतिष्पर्धा भईरहेको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता घनश्याम थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मुरली घिमिरे र मेघराज लम्सालको नेतृत्वमा दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धा भईरहेको छ । अधिवक्ता घिमिरे अध्यक्ष पदका उम्मेदवार रहेको नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनका तर्फबाट उपाध्यक्षमा किरण कुमार रेग्मी, सचिवमा सन्तोष पोख्रेल, सहसचिवमा रश्मी पाण्डे धिताल, कोषाध्यक्षमा नारायणप्रसाद डाँगी तथा सदस्य पदका लागि निश्चल हमाल, माधव देवकोटा, तिलकबहादुर केसी, खट्टु गिरी, नारायणप्रसाद रिजाल, विष्णुप्रसाद शर्मा र डम्बर बुढाथोकी प्रतिष्पर्धामा उत्रिनुभएको छ ।
यस्तै, अधिवक्ता लम्साल अध्यक्ष पदका उम्मेदवार रहेको प्रगतिशील पेशागत संयुक्त समुहबाट उपाध्यक्षमा लुमबहादुर कार्की, सचिवमा कृष्णप्रसाद आचार्य, सहसचिवमा हरिचन्द्रा कुमारी वली, कोषाध्यक्षमा भरत न्यौपाने तथा सदस्य पदका लागि दीपक थापा, उत्तमप्रसाद भण्डारी, यादवप्रसाद खनाल, लेखनाथ काफ्ले, कृष्णबहादुर बस्नेत, भीमकुमार लम्साल र गणेशबहादुर वली प्रतिष्पर्धामा उत्रिनुभएको छ । १४ सदस्यीय नयाँ नेतृत्व चयनका लागि लागि १ सय ३३ जना सदस्यले बिहान ८ बजेदेखि मतदान गरिरहेका मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । बेलुकी ५ सम्म मतदानको समय तोकिएको छ ।

Blog Post Ad Blog Post Ad