Ad Area

जिल्ला बार इकाई दाङको अध्यक्षमा घिमिरे निर्वाचित


घोराही, २१ साउन । अभिवक्ताहरुको छाता संगठन जिल्ला बार इकाई दाङको अध्यक्षमा मुरली घिमिरे निर्वाचित हुनुभएको छ । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनका तर्फबाट अध्यक्ष पदको उम्मेदवार बन्नुभएका घिमिरेले ६७ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।

प्रगतिशील पेशागत संयुक्त समुहबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका मेघराज लम्सालले ५९ मत प्राप्त गर्दै पराजित हुनुभयो । शनिबार सम्पन्न निर्वाचनमार्फत उहाँको प्यानलबाट कोषाध्यक्ष पद बाहेक सबै पदमा उम्मेदवार बन्नुभएकाहरु निर्वाचित हुनुभएको छ ।

आगामी २ वर्षे कार्यकालका लागि बारका तर्फबाट दुई वटा प्यानल बनाएर प्रतिष्पर्धा भएकोमा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा किरणकुमार रेग्मी ८३, सचिवमा सन्तोष पोख्रेल ७३, सहसचिवमा रश्मी पाण्डे धिताल ६९ मत ल्याउँदै निर्वाचित हुनुभएको छ । तर, कोषाध्यक्ष पदमा भने प्रगतिशील पेशागत संयुक्त प्यानलका भरत न्यौपानेले बाजी मार्नुभएको छ । उहाँले ६२ मत ल्याउँदै विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनका तर्फबाट उम्मेदवार बन्नुभएका नारायणप्रसाद डाँगीले ६१ मत पाउनुभयो ।

सदस्य पदमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनका सबै सदस्य विजयी हुनुभएको छ । जस अनुसार निश्चल हमाल ७४, माधव देवकोटा ६५, तिलकबहादुर केसी ६५, खट्टु गिरी ८२, नारायणप्रसाद रिजाल ८०, विष्णुप्रसाद शर्मा ६७ र डम्बर बुढाथोकीले ७९ मत ल्याउँदै विजयी हुनुभएको छ ।

यस्तै, प्रगतिशील पेशागत संयुक्त समुहबाट उपाध्यक्षमा लुमबहादुर कार्की ४२, सचिवमा कृष्णप्रसाद आचार्य ५१, सहसचिवमा हरिचन्द्रा कुमारी वली ५६ मत पाउँदै पराजित हुनुभएको छ । सदस्य पदमा पनि यो प्यानलबाट सबै पराजित हुनुभएको छ । जसअनुसार दीपक थापा ५०, उत्तमप्रसाद भण्डारी ४९, यादवप्रसाद खनाल ४४, लेखनाथ काफ्ले ४१, कृष्णबहादुर बस्नेत ४३, भीमकुमार लम्साल ४४र गणेशबहादुर वलीले ६२ मत ल्याउँदै हार व्यहोर्नुभएको छ ।

४१ औँ साधारणसभा तथा अधिवेशनमार्फत निर्वाचन मिति तोकिएपछि १२ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा जम्मा १ सय २७ मत खसेको थियो । जसमा एक मत बदर भएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता घनश्याम थापाले जानकारी दिनुभयो ।