Ad Area

नेवाः सेवा समिति दाङद्वारा घोराहीमा ‘गाईजात्रा’


घोराही, २७ साउन । नेवाः सेवा समिति दाङले शुक्रबार गाईजात्रा निकालेको छ । यो वर्ष दिवंगत भएका परिवारहरुले आफ्ना पितृको सम्झनामा तस्बीर राखेर झाँकीसहित गाईजात्रा निकालेको हो ।

आफन्त गुमाएकाहरुले शोकलाई शक्तिमा बदल्न गाईजात्रामा उनीहरुको सम्झना गर्दै घरबाटै गाईजात्रा निकालेको समितिका अध्यक्ष एवम् गाईजात्रा मूल समारोह समिति संयोजक विवेक श्रेष्ठले बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ भीमसेन मन्दिरबाट निकालिएको गाईजात्रा बजार परिक्रमा गराइएको थियो । बाजागाजासहित मनोरन्जनात्मक शैलीमा निकालिएको गाईजात्रामा ठूलो संख्यामा समुदायका व्यक्तिहरु सहभागी भएका थिए ।

हरेक वर्ष नेवाः सेवा समितिले आफ्नो समुदायमा शोकमा परेकाहरुलाई समेट्दै गाईजात्रा निकाल्ने काम गर्दै आएको छ । आफुहरुको परम्परागत संस्कृति रहेकाले यो पर्वलाई निकै महत्वका साथ लिने गरेको समितिका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad