Ad Area

बहुउद्देश्यीय सभा गृहले आर्थिक विकासमा टेवा पुग्ने विश्वास


घोराही, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारले पुर्वाधार विकासमा प्राथमिकता दिएर काम गरि रहेको बताउनुभएको छ । दाङको एक मात्र बहुउद्देश्यीय सभा गृहको आईतबार विधिवत् उद्घाटन गर्दै मन्त्री चौधरीले सहरी विकासको वैज्ञानिक अवधारणालाई आत्मसात गर्दै पूर्वाधार विकासमा ध्यान दिएको बताउनुभयो । ‘शहरलाई व्यवस्थित र सुन्दर बनाउन पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको छ’ मन्त्री चौधरीले भन्नुभयो । पूर्वाधार विकाससँगै आर्थिक विकाससमेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।

जिल्लाको पुर्वाधारको विकासमा सबै एकतावद्ध भएर अगाडि बढनु पर्ने समेत मन्त्री चौधरीले बताउनुभयो । उहाँले सो अवसरमा सभागृह निर्माण सम्पन्न गर्न १ करोड बजेट सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभयो । सभागृह निर्माण सम्पन्न भए पनि सजावट, भिआइपी रुपमा लागि आवश्यक सामग्री तथा अन्य सामग्रीका लागि मन्त्रालयले १ करोड बजेट दिने समेत बताउनुभयो । सभा हललाई व्यवस्थित गर्न मन्त्रालयले १ करोड बजेटको व्यवस्थापनका लागि आफुसंगै रहेका मन्त्रालयका सचिव र डिइलाई निर्देशनसमेत दिनुभयो ।

‘हल निर्माण गरेर मात्र हुँदैन यसलाई सम्पन्न गरिनुपर्दछ ’ मन्त्री चौधरीले भन्नुभयो, ‘बाँकी काम सम्पन्न गर्न मैले पहल गर्छु, एक करोड जति लाग्छ भन्ने अनुमान गर्नुभएको रहेछ, यसको सुनिश्चिता हुनेछ, यसका लागि आवश्यक ध्यानाकर्षण भएको छ ।’ जिल्लाको पुर्वाधारको विकासमा सबै एकतावद्ध भएर अगाडि बढ्नु पर्ने समेत मन्त्री चौधरीले बताउनुभयो । ‘संस्थागत नेतृत्व गरेर अगाडि बढेमा काम गर्न सहज हुनेछ’ उहाँले भन्नुभयो ‘त्यसै अनुसार अगाडि बढ्न समेत आग्रह गर्दछु ।’

उद्योग वाणिज्य संघले उठाउँदै आएको अर्को योजना विजनेश कम्पेलेक्सका वारेमा आफनो ध्यान गएको समेत उहाँको भनाई थियो । विजनेश कम्प्लेक्स निर्माण गर्न सकिएमा घोराही बजारलाई व्यवस्थित गर्न थप सहयोग पुग्ने उहाँको भनाई थियो । उदघाटन समारोहमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संरचना निर्माण मात्र नभइ निर्माण भएका संरचनाको सही सदुपयोग हुनु पर्ने बताउनुभयो ।

Blog Post Ad

दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा सभा हलको निर्माण शुरु गरिएको थियो । यस क्षेत्रमा सभाहलको आवश्यकता महसुस गरेर आफनो नेतृत्वमा सरोकारवालाहरु सहयोगमा सभाहल निर्माणको योजना अगाडि सारेको थियो । संघले सभा हल निर्माणका लागि सभाहल निर्माण स्थलमा रहेका सुकुम्वासीहरु व्यवस्थापनका लागि जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गर्ने काम गरेको थियो । त्यसैगरेर महोत्सवमा प्रत्येक व्यक्तिहरु बाट ५ रुपैया अभियान लगायतका कार्यहरु अगाडि बढाएको थियो ।

सबैको साथ र सहयोगले नै अहिले निर्माण गर्न सकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले बताउनुभयो । ‘यस क्षेत्रको लागि अत्यन्त आवश्यक रहेको सभाहल निर्माणका लागि सबै क्षेत्रको सहयोग पाएर नै निर्माण सम्पन्न गर्न सकिएको हो’ अध्यक्ष बुढाथोकीले भन्नुभयो ‘जिल्लाको गौरवको रुपमा रहेको यस सभाहल निर्माणका सहयोग पुर्याउने सबैलाइ धन्यवाद छ ।’

सभाहल निर्माण गरी यसअघि नै प्रयोगमा ल्याईएको छ । बहालवाला मन्त्रीलाई ल्याएर उदघाटन गराउँदा बाँकी रहेका योजनाका लागि काम गराउन सहज हुने अपेक्षाका साथ उद्योग वाणिज्य संघको टोलीले यो उपाय अपनाउँदै उदघाटन गराएको बताइएको छ । सभाहलको लागत अनुमान ३८ करोड २० लाख ९३ हजार रहेको छ । सभाहलको लागि नेपाल सरकारले आर्थिक वर्ष २०७३–०७४ मा बजेट विनियोजन गरेको सघन शहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभयो ।

पहिले ३० करोड २५ लाख २२ हजारमा निर्माण सम्पन्न गर्ने गरि साविक सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङ र बंगलाचुली-गौरी पार्वती जेभी काठमाडौ बीच सम्झौता भएको थियो । तर केही अत्यावश्यक सामानहरु थप गर्नु पर्ने परेकाले ३१ करोड ३० लाख ९६ हजारमा निर्माण भएको आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

निर्माण व्यावसायीसँग २०७६ पुस २९ गते २७ महिना म्याद दिएर निर्माण सम्पन्न गर्ने गरि २०७४ असार २९ गते सम्झौता भएको संघका पूर्वअध्यक्ष हेमराज बन्जाडेले बताउनुभयो । तर, विभिन्न कारणले गर्दा निर्माण कम्पनीले २०७८ असोज २२ गते निर्माण सम्पन्न गरेको उहाँले जानकारी गराउनुभयो । सभाहल ४ तलाको रहेको छ । जसमा करिव १ हजार दर्शक अट्ने बनाइएको छ ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सभा हल निर्माण संगै जिल्लामा हुने ठुला कार्यक्रा सञ्चालन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । जिल्लाको नै गर्व गर्न लायक काम भएको उनीहरुको भनाई थियो ।

बक्ताहरुले सभा हल निर्माण संगै जिल्लामा हुने ठुला कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग पुग्ने बताएका थिए । जिल्लाको नै गर्व गर्न लायक काम भएको उनीहरुको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा माओवादीका विश्वराज आचार्य, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्वासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमार्चा समन्वय समितीका टीकाबहादुर विक, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले भनाइ राख्नुभएको थियो । संघका पुर्व अध्यक्ष हेमराज वन्जाडेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad