Ad Area

उद्योग वाणिज्य संघले नविकरणमा जरिवाना नलिने


दाङ, ५ कात्तिक ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक वर्ष सकिएको तर नविकरण हुन नसकेका व्यवसायीहरुलाई नविकरण गर्दा लाग्ने जरिवाना छुट लाई निरन्तरता दिने भएको छ । संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

कोभिडले मारमा परेका व्यवसायीहरुलाई यसरी जरिवानामा छुट दिदा थोरै भए पनि सहयोग पुग्ने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । बैठक संघका अध्यक्ष वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad