Ad Area

वाचा पूरा गर्दै घोराही ५ का वडा अध्यक्ष बुढाथोकी, तलबभत्ताको रकम बिरामीलाई दिए


घोराही, १ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ , दाङका वडाअध्यक्ष बिबेक बुढाथोकीले स्थानीय चुनावमा जनतासँग गरेको वाचा पूरा गर्न शुरु गरेका छन् ।

आफुले पाउने तलवभत्ता आफुले नराख्ने र सो रकम आफ्ना वडाबासीको स्वास्थ्य उपचारमा खर्चिने वचन दिएअनुसार साउन महिनाको तलबभत्ताबाट पहिलो पटक धर्नाका लालबहादुर चौधरीलाई नगद ५ हजार दिएर सहयोग गरेका छन् ।

बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पुगेर उपचाररत चौधरीलाई भेट गरि स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै आर्थिक सहयोग गरेका हुन् । आर्थिक अभावमा उपचारबाट कोही पनि वन्चित नहोऊन् भन्ने मान्यताका साथ आफ्नो सेवा सुविधावापतको रकम जनताको सेवामा खर्चिने अठोट कार्यान्वयन गर्न शुरु गरेको उनको भनाई छ ।

सरकारले वडाअध्यक्षलाई दिँदै आएको तलबभत्ता वापतको रकम वडामा रहेका अरु बिरामीलाई पनि उनले सहयोग गर्ने तयारी गरेका छन् । उनीहरुलाई एक कार्यक्रम गरि नगद हस्तान्तरण गर्ने वडाअध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार, केही दिनमा थप ५–६ जना बिरामीलाई जनही पाँच हजारका दरले नगद सहयोग गर्ने तयारी भएको छ ।

जनप्रतिनिधि भएर जनताको सेवा गर्नुपर्छ भन्ने मान्यताका साथ आफु जनताको सेवामा खटिएको बताउँदै उनले महिला, बालबालिका तथा सुत्केरीको उपचारमा पनि आफ्नो सहयोग रहेको बताए । उनले आफु वडाअध्यक्ष रहुन्जेलसम्म सहयोग निरन्तर गरिरहने बताएका छन् । वडाअध्यक्ष बुढाथोकी घोराही उपमहानगरपालिकाको सबैभन्दा कान्छा जनप्रतिनिधि हुन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad